४ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरभाडा आम्दानीमा कर छुट कार्यान्वयन नभएको भन्दै रवीन्द्र मिश्रको प्रश्न

अ+ अ-

काठमाडौँ । राजसंस्थावादी नेता रवीन्द्र मिश्रले चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको व्यक्तिगत आयकर छुट घर भाडाबाट प्राप्त हुने आम्दानीमा लागू नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

ललितपुर महानगरपालिकाको वडा कार्यालयमा घरभाडा कर बुझाउन जाँदा आफूले बजेटमा घोषणा गरिएको कर छुट सुविधा प्राप्त गर्न नसकेको मिश्रले बताएका हुन्। उनले यस विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराउँदै करसम्बन्धी व्यवस्थामा एकरूपता आवश्यक रहेको बताएका छन्।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत वार्षिक १० लाख रुपैयाँसम्मको व्यक्तिगत आयमा कर छुट दिने घोषणा गरेको थियो। तर, स्थानीय तहमा घर भाडाबापतको आयमा कर बुझाउने क्रममा उक्त छुट उपलब्ध नगराइएको मिश्रको भनाइ छ।

घरभाडा नै आम्दानीको मुख्य वा एक मात्र स्रोत भएका व्यक्तिहरूलाई पनि आयकर छुटको व्यवस्थाबाट लाभान्वित गराउनुपर्ने उनको तर्क छ। बजेटमार्फत संघीय सरकारले घोषणा गरेको व्यवस्था कार्यान्वयनको तहमा फरक ढंगले बुझिँदा करदातामा अन्योल उत्पन्न भएको उनले बताएका छन्।

मिश्रले संघीय बजेटमा गरिएको करसम्बन्धी घोषणाको प्रभावकारिता स्थानीय तहमा समेत स्पष्ट हुनुपर्ने धारणा राखेका छन्। उनका अनुसार स्थानीय तहको अधिकार क्षेत्रसँग सम्बन्धित करबाहेक अन्य आयमा छुट दिने हो भने त्यसलाई बजेटमै स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने थियो।

उनले विगतमा समेत यस्तै समस्या देखिएको उल्लेख गर्दै यसपटक विषयलाई सार्वजनिक रूपमा उठाएको बताएका छन्। आवश्यक परे सम्बन्धित कानुन वा नियम संशोधन गरेर भए पनि कर छुटसम्बन्धी व्यवस्था स्पष्ट र व्यवहारिक बनाउन उनले सरकारसँग आग्रह गरेका छन्।

कर नीतिमा संघीय र स्थानीय तहबीच फरक व्याख्या देखिए त्यसको प्रत्यक्ष असर नियमित रूपमा कर तिर्ने नागरिकमा पर्ने भएकाले सरकारले सम्बन्धित निकायबीच समन्वय गरी स्पष्ट कार्यान्वयन व्यवस्था गर्नुपर्ने मिश्रको भनाइ छ।

0 Comments