४ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यक्ष राईको प्रश्न: ‘कार्यकारी प्रमुखबाटै अधिकारको दुरुपयोग भए कारबाही गर्ने निकाय कुन हो ?’

अ+ अ-

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार, निष्पक्षता र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन् ।

बिहीवार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष राईले आयोगको प्रभावकारितामाथि प्रश्न उठाएका हुन् । राईले प्रधानमन्त्रीले आयोगका आयुक्तहरूलाई बोलाएर दबाबमा राखेको भन्ने चर्चाबारे सत्यतथ्य माग गरे । कार्यकारी प्रमुखबाटै अधिकारको दुरुपयोग भएको अवस्थामा कारबाही गर्ने निकाय कुन हो भन्दै उनले दुविधा व्यक्त गरे। सांसद राईले अख्तियारको परिभाषा केवल आर्थिक विषयमा मात्र सीमित हुन नहुने तर्क गरे। उनले अधिकारको दुरुपयोग हुनु नै भ्रष्टाचार भएको उल्लेख गर्दै आयोगले आर्थिकबाहेकका अन्य प्रशासनिक र पदीय दुरुपयोगका विषयमा पनि सक्रियता देखाउनुपर्नेमा जोड दिए। 

आयोगको काम कारबाही हालसम्म कर्मकाण्डी मात्र देखिएको टिप्पणी गर्दै उनले निष्पक्ष र निर्भय भएर काम गर्न नसके आयोगको औचित्यमाथि प्रश्न उठ्ने बताए । 

अध्यक्ष राईले भने, ‘प्रधानमन्त्रीले आयुक्तहरूलाई बोलाएर बन्दी जस्तो बनाउनुभएको कुरा सदनमा पनि उठेको थियो । त्यो दिन आयोगका पदाधिकारीहरूलाई त्यहाँ लगेर के के गर्न लगाइयो, यसबारे स्पष्ट पारिनुपर्छ ।’

राईले आयोगले गर्ने अनुसन्धानमा विभेद भएको आरोप समेत लगाए। पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूलाई मात्र कारबाहीको दायरामा ल्याइने तर बहालवाला पदाधिकारीहरूलाई उन्मुक्ति दिइने प्रवृत्तिप्रति उनले आपत्ति जनाए । 

0 Comments