काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रिक्त रहेका विभिन्न पदाधिकारी तथा संगठन विभाग प्रमुखको जिम्मेवारी तोकेको छ।
शुक्रबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले जगदीश खरेललाई प्रवक्ता र डा। मनोहर प्रधानलाई कोषाध्यक्षमा मनोनीत गरेको हो।
बैठकले बसुमाया तामाङलाई सहकोषाध्यक्ष, पुरुषोत्तम यादवलाई सहमहामन्त्री तथा ननिता यादव र सुरेन्द्र चौधरीलाई सहप्रवक्ताको जिम्मेवारी दिएको छ।
यस्तै, पार्टीको संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने मनोनीत भएका छन्।
रास्वपामा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीको पद भने अझै रिक्त छ। ती पदमा मनोनयन हुन बाँकी रहेको पार्टीले जनाएको छ।






