७ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलाश गाउँपालिका र सिएमसी हस्पिटलबीच स्वास्थ्य सेवा प्रवाहसम्बन्धी सम्झौता

अ+ अ-

काठमाडौँ । मकवानपुरको विकट क्षेत्रका रूपमा रहेको कैलाश गाउँपालिकाका नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिका र हेटौँडास्थित सिएमसी हस्पिटलबीच द्विपक्षीय सम्झौता भएको छ ।

सम्झौता पत्रमा कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र सिएमसी हस्पिटलका प्रमुख परिचालन अधिकारी डा. आकेश प्रजापतीले हस्ताक्षर गरेका हुन् । यस सम्झौतासँगै गाउँपालिकाका नागरिकहरूले हस्पिटलबाट उपलब्ध हुने विभिन्न विशेषज्ञ स्वास्थ्य उपचार सेवामा विशेष सहजीकरण र सहुलियत प्राप्त गर्नेछन् । गाउँपालिकाका अध्यक्ष मुक्तानले दुर्गम क्षेत्रका नागरिकको विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न यो सम्झौता गरिएको जानकारी दिए ।

उनले भने, ‘स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो । विशेष गरी चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको यस क्षेत्रका नागरिकलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम गर्न र गुणस्तरीय सेवाको पहुँचमा ल्याउन गाउँपालिकाले प्राथमिकता दिएको छ ।’

गाउँपालिकाले स्वास्थ्य पूर्वाधार विकास अन्तर्गत हाल आफ्नै १० शैय्याको अस्पतालसमेत सञ्चालनमा ल्याएको छ ।

नागरिकले गाउँपालिकाद्वारा जारी गरिएको परिचय खुल्ने नागरिकता, मतदाता परिचयपत्र वा राष्ट्रिय परिचयपत्र पेश गरेर सिएमसी हस्पिटलबाट स्वास्थ्य सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ । यसैबीच, गाउँपालिकाको आयोजना तथा सिएमसी हस्पिटलको प्राविधिक सहयोगमा शनिबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा बालरोग, प्रसूति तथा स्त्रीरोग, हाडजोर्नी तथा नशारोग, नाक-कान-घाँटी, र अर्थोपेडिक तथा ट्रमा सर्जरी विशेषज्ञहरूले सेवा प्रदान गरेका थिए । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमका अनुसार उक्त शिविरबाट ३ सय ५० जनाभन्दा बढी स्थानीयले प्रत्यक्ष लाभ लिएका छन् । अध्यक्ष मुक्तानले शिविरमा सहभागी नागरिकहरूलाई थप उपचार आवश्यक परेमा गाउँपालिकामै सञ्चालित अस्पतालबाट सेवा लिनसमेत आग्रह गरेका छन्।

0 Comments