९ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

अ+ अ-

काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका-१५ चौमतीबाट स्रोत नखुलेको ३१ लाख रुपैयाँ नगदसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई ४७८१३८ बाहक ५२ वर्षीय एमए यागुबी रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भदौ ८ गते उनले भाडामा लिएको घरमा खानतलासी गरी पक्राउ गरेको हो।

यागुबीले भाडामा घर लिएर लागुऔषध कारोबार गर्दै आएको भन्ने विशेष सूचना प्राप्त भएपछि ब्युरोको टोलीले निगरानी तथा खोजतलास गरेको प्रहरीले जनाएको छ।

खानतलासीका क्रममा लागुऔषध भने फेला नपरेको ब्युरोले स्पष्ट पारेको छ। तर, उनले प्रयोग गर्दै आएको कोठाभित्र स्रोत खुल्न नसकेको नेपाली रुपैयाँ ३१ लाख भेटिएपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

प्रहरीले यागुबीको साथ तथा कोठाबाट राहदानी, सुन काट्न प्रयोग गरिने कैँची, ह्यामर, डिजिटल तराजु र क्यालकुलेटर एक-एक थान बरामद गरेको छ।

त्यस्तै, विभिन्न कम्पनीका चार वटा मोबाइल, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका दुई र एनआईसी एसिया बैंकको एउटा चेकबुकसमेत बरामद भएको ब्युरोले जनाएको छ।

प्रारम्भिक विवरणअनुसार यागुबी यसअघि पाँच पटक नेपाल आएर फर्किएका थिए। उनी छैटौँ पटक सन् २०२६ जुलाई २३ मा नेपाल आएको अध्यागमन अभिलेखबाट देखिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका यागुबीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिएका छन्।

0 Comments