११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद् उद्धारमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइँदै

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले विपद्मा अग्रपङ्क्तिमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जनशक्तिको भत्ता तथा दैनिक खाजा खर्च परिमार्जन गर्ने निर्णय गरेको छ।

अ+ अ-

काठमाडौँ । बाढी, पहिरो र आगलागीलगायत प्राकृतिक विपद्का बेला उद्धार तथा राहतमा अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मीको भत्ता र दैनिक खाजा खर्च बढाउने प्रक्रिया अघि बढेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बिहीबार बसेको बैठकले विपदमा खटिने सुरक्षा निकायका जनशक्तिको सेवा सुविधा परिमार्जन गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका विपद् उद्धार तथा राहतमा खटिने जनशक्तिले पाउने भत्ता र दैनिक खाजा खर्च वृद्धिका लागि सम्बन्धित सुरक्षा निकायले प्रक्रिया अघि बढाउनेछन्।

कार्यकारी समितिको निर्णयका आधारमा सम्बन्धित सुरक्षा निकायले सेवा सुविधा परिमार्जनका लागि आ–आफ्नो तालुकदार मन्त्रालयमा लेखी पठाउनुपर्नेछ। त्यसपछि सम्बन्धित मन्त्रालयले भत्ता तथा दैनिक खाजा खर्च वृद्धिसम्बन्धी निर्णय गर्नेछन्।

विपद्का बेला ज्यान जोखिममा राखेर उद्धार तथा राहतमा अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मीको योगदानलाई कदर गर्दै सेवा सुविधा परिमार्जनको निर्णय गरिएको हो।

विपद् व्यवस्थापनलाई थप प्रभावकारी, द्रुत र परिणाममुखी बनाउन अग्रपङ्क्तिमा खटिने टोलीलाई राज्यका तर्फबाट सम्मान र प्रोत्साहनको अनुभूति गराउनु आवश्यक रहेको उल्लेख गर्दै सुविधा परिमार्जनको प्रक्रिया अघि बढाइएको छ।

कार्यकारी समितिको निर्णयसँगै अब सम्बन्धित सुरक्षा निकायबाट तालुकदार मन्त्रालयमा प्रस्ताव पठाइनेछ। भत्ता र दैनिक खाजा खर्च कति वृद्धि गर्ने भन्ने विषयमा भने सम्बन्धित मन्त्रालयबाट निर्णय भएपछि टुङ्गो लाग्नेछ।

0 Comments