११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपुष्ट सूचना, तस्बिर र श्रव्य दृश्य सामग्री प्रसारण नगर्न सञ्चार मन्त्रालयको अपिल

अ+ अ-

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा हालै गएको प्राकृतिक विपद्का घटनासँग सम्बन्धित मानवीय रूपमा संवेदनशील तस्बिर, श्रव्य दृश्य तथा अपुष्ट सूचना प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तासँग अपिल गरेको छ ।

मन्त्रालयले विपद्को विषम परिस्थितिमा सञ्चारमाध्यम तथा आम नागरिकबाट प्रवाह हुने सूचनाले उद्धार, राहत तथा जनमानसमा महत्त्वपूर्ण प्रभाव पार्ने भएकाले जिम्मेवार र संवेदनशील ढङ्गबाट सूचना सम्प्रेषण गर्न आग्रह गरेको हो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता उदयबहादुर राना मगरद्वारा जारी विज्ञप्तिमा विपद्बाट भएको क्षति, उद्धार तथा राहतसम्बन्धी समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्दा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय विपद् व्यवस्थापन समितिजस्ता आधिकारिक निकायबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन अनुरोध गरिएको छ ।

त्यस्तै, अपुष्ट, कपोलकल्पित तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट सिर्जित भ्रामक सामग्री र सर्वसाधारणमा त्रास फैलाउने किसिमका समाचार तथा अफवाह सम्प्रेषण नगर्न मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले सामाजिक सञ्जालमा विपद्का हृदयविदारक घटनाका तस्बिर, श्रव्य दृश्य वा विवरण पोस्ट तथा रिपोस्ट नगर्न पनि अनुरोध गरेको छ । यस्ता सामग्रीले ज्यान गुमाएका व्यक्तिका आफन्त तथा परिवारजनलाई थप मानसिक पीडा पुग्न सक्ने भएकाले पीडित र परिवारप्रति मानवीय संवेदनशीलता अपनाउन मन्त्रालयले जोड दिएको छ ।

विपद्को समयमा भयावह, विचलित बनाउने तथा समाजलाई नै विक्षिप्त पार्ने सामग्री प्रकाशन, प्रसारण, अपलोड, शेयर, पोस्ट वा रिपोस्ट नगरी सही, तथ्यपरक र जिम्मेवार सूचना प्रवाह गर्न मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले कतिपय सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा मानव र समाजलाई नै विचलित पार्ने किसिमका तस्बिर तथा श्रव्य दृश्य सामग्री प्रकाशन तथा प्रसारण भइरहेको पाइएको जनाएको छ ।

यस्ता सामग्रीले विपद्मा ज्यान गुमाएका व्यक्तिका आफन्त तथा परिवारजनलाई थप विक्षिप्त पार्न सक्ने भन्दै मन्त्रालयले सम्पूर्ण राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई संवेदनशील बन्न विशेष अपिल गरेको हो

0 Comments