११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस महाधिवेशनसम्बन्धी रोक आदेश दिन सर्वोच्चको अस्वीकार

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको आगामी १५औँ महाधिवेशन तत्काल स्थगित गर्न माग गर्दै परेको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम प्रकृतिको आदेश जारी गर्न अस्वीकार गरेको छ ।

पूर्वसभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको पूरक निवेदनमाथि बिहीबार भएको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश डा। नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेल सम्मिलित इजलासले महाधिवेशन रोक्ने मागलाई तत्काल सम्बोधन नगर्ने निर्णय गरेको हो ।

अदालतको संक्षिप्त आदेशअनुसार यसअघि ४ वैशाखमा सम्बन्धित विवादमा कुनै थप आदेश वा निर्देशन नदिई निवेदन खारेज भइसकेको अवस्थामा अहिले पहिलो दृष्टिमै अल्पकालीन आदेश आवश्यक देखिएन ।

काँग्रेस संस्थापन पक्षले आगामी असोजमा १५औँ महाधिवेशन आयोजना गर्ने तयारी गरिरहेको छ । उक्त प्रक्रिया रोक्न देउवा र खड्काले मंगलबार पूरक रिट निवेदन दर्ता गरेका थिए ।

काँग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनः फैसला गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेपछि त्यसको अन्तिम टुंगो नलागेसम्म महाधिवेशन सञ्चालन नगर्न माग गर्दै उनीहरू अदालत पुगेका थिए । तर, बिहीबारको सुनुवाइबाट तत्काल महाधिवेशन रोक्ने आदेश नआएपछि निर्धारित महाधिवेशन प्रक्रियालाई अगाडि बढाउने बाटो तत्काल खुला रहेको छ ।

0 Comments