१२ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनले भन्यो- ‘नेपालतर्फ चीनका एक सय नागरिक बेपत्ता छन्’

अ+ अ-

काठमाडौँ । नेपालतर्फ गएको भीषण बाढीमा परी एक सय जना चिनियाँ नागरिक बेपत्ता भएको चीनले जनाएको छ ।

 चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा बुधवारको प्राकृतिक विपत्तिका कारण नेपाली भूमिमा रहेका आफ्ना नागरिकहरू हराइरहेको जानकारी दिएका छन् । 

प्रवक्ता लिनकाअनुसार काठमाडौँस्थित चिनियाँ दूतावासले यस विषयमा नेपाली पक्षसँग समन्वय गर्दै विस्तृत विवरण संकलन र प्रमाणीकरण गरिरहेको छ । चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रको रिकाजे सहरस्थित केरुङ (जिरोङ) नाका र आसपासका क्षेत्रमा गएको पहिरोले ठूलो मानवीय क्षति पुर्‍याएको बताइएको छ । 

उनले दुवै देशका अधिकारीहरूबीच खोजी तथा उद्धार कार्यका लागि निरन्तर सम्पर्क र समन्वय भइरहेको उल्लेख गर्दै नेपालको आवश्यकताअनुसार आपतकालीन सहयोग उपलब्ध गराउन चीन तयार रहेको समेत स्पष्ट पारे  । 

चिनियाँ स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै दिइएको जानकारीअनुसार प्रभावित क्षेत्रहरूमा हालसम्म कुल २ सय ६० जना विदेशी नागरिक सम्पर्कविहीन छन् । यद्यपि, भौगोलिक विकटता र प्रतिकूल अवस्थाका कारण यकिन विवरण प्राप्त हुन बाँकी रहेको र प्रमाणीकरणको कार्य जारी रहेको मन्त्रालयले जनाएको छ । 

चिनियाँ उद्धारकर्ताहरूका लागि सबैको जीवन महत्त्वपूर्ण रहेको बताउँदै लिनले सम्बन्धित देशका दूतावासहरूलाई समेत पछिल्लो अवस्थाबारे जानकारी गराइरहेको उल्लेख गरे । 

यसैबीच, नेपालस्थित चिनियाँ दूतावासले सुरक्षा सतर्कता सम्बन्धी सूचना जारी गरेको छ । दूतावासले नेपालमा रहेका आफ्ना नागरिकहरूलाई सुरक्षित स्थानमा रहन र थप प्राकृतिक जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । साथै, समस्यामा परेका नागरिकहरूलाई दूतावासमा सम्पर्क गर्न समेत सूचित गरिएको छ ।

0 Comments