काठमाडौँ। ७६ कर्मचारीको एकैपटक सरुवा गरिएको छ । मधेश प्रदेश सरकारले अर्थ मन्त्रालय अन्तर्गत प्रशासन सेवा, लेखा समूहमा कार्यरत ७६ जना कर्मचारीको सरुवा गरेको हो।
प्रदेश सरकारले एकैपटक गरेको सरुवामा अधिकृत, लेखापाल र सह लेखापाल तहका कर्मचारी समेटिएका छन्। सरुवा हुनेमध्ये २३ जना अधिकृत, ४३ जना लेखापाल र १० जना सह लेखापाल रहेका छन्।
अधिकृततर्फ सातौँ तहका १८ जना र आठौँ तहका ५ जना रहेका छन्। सरुवा सूचीमा समावेश सबै कर्मचारी प्रशासन सेवाको लेखा समूहअन्तर्गत कार्यरत रहेको जनाइएको छ।
हेर्नुहोस् को कहाँ ?













