१२ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतसँग जीटुजी सम्झौतामार्फत २५ हजार टन डीएपी मल ल्याउने तयारी

अ+ अ-

काठमाडौँ । सरकारले भारतबाट सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत २५ हजार टन डीएपी रासायनिक मल आयात गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत सरकारसँग मल खरिदका लागि कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्को निर्णयपछि भारत सरकारसँग सम्झौता गरी प्रत्यक्ष रूपमा मल खरिद तथा आपूर्ति गर्ने प्रक्रिया अघि बढाउन बाटो खुलेको छ।

कृषि उत्पादनको मुख्य समयमा रासायनिक मलको उपलब्धता सुनिश्चित गर्न सरकारले यस्तो व्यवस्था अघि सारेको हो। किसानले बाली लगाउने तथा उत्पादन गर्ने समयमा मल अभावको समस्या झेल्दै आएका कारण आवश्यक परिमाणमा डीएपी उपलब्ध गराउने उद्देश्यले खरिद प्रक्रिया अगाडि बढाउन लागिएको हो।

मन्त्रिपरिषद्को सैद्धान्तिक स्वीकृतिपछि कृषि सामग्री कम्पनी लिमिटेडले भारत सरकारसँग आवश्यक समन्वय तथा सम्झौताको प्रक्रिया पूरा गर्नेछ। त्यसपछि २५ हजार टन डीएपी नेपाल ल्याउने काम अघि बढ्नेछ।

0 Comments