काठमाडौँ । भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनः स्थापनाका लागि ब्याट-३९ का शाखा अधिकृतहरूले दुई लाख तीन हजार ३३३ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
अधिकृतहरूले व्यक्तिगत रूपमा संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको शाखा अधिकृत सन्देश राईले जानकारी दिए।
‘हामीले प्रारम्भिक चरणमा दुई लाख तीन हजार ३३३ रुपैयाँ सहयोग गरिसकेका छौँ,’ राईले भने, ‘थप साथीहरूसँग छलफल गरेर अरू रकम पनि संकलन गर्नेछौँ।’
विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको राहत, पुनः स्थापना तथा क्षतिग्रस्त भौतिक पूर्वाधार पुनर्निर्माणमा राज्यले गरिरहेको प्रयासमा सहयोग पुर्याउने उद्देश्यले रकम संकलन गरिएको राईले बताए ।






