१४ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी प्रभावित क्षेत्रको अवस्था भयावह, उद्धार र व्यवस्थापनमा तीव्रता दिन काँग्रेस नेता आङदेम्बेको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा संसदीय दलका पदाधिकारी सम्मिलित टोलीले बाढी र पहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी सरकारको ध्यानाकर्षण गराएको छ ।

नुवाकोटको विदुर, देवीघाट लगायतका बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि संसदीय दलका नेता भीष्मराज आङदेम्बेले त्यहाँको अवस्था कल्पनाभन्दा बाहिर र भयावह रहेको बताएका हुन्  । नेपाली काँग्रेस संसदीय दलको तर्फबाट प्रमुख सचेतक, सांसदहरू टेकबहादुर गुरुङ, साजा खातुन र पूर्व मुख्यमन्त्री बहादुर लामासहितको टोलीले प्रभावित क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिएको हो । निरीक्षणका क्रममा नेता आङदेम्बेले विदुर र आसपासका क्षेत्रमा बाढीले पुर्‍याएको क्षति निकै ठूलो रहेको जानकारी दिए ।

उनकाअनुसार बाढीका कारण बजार क्षेत्र बगरमा परिणत भएको छ भने कतिपय स्थानमा अझै पनि पानीको बहाव बढ्ने जोखिम कायमै छ । टोलीले धादिङ र रसुवाका कतिपय क्षेत्रमा सडक सम्पर्क विच्छेद भएका कारण पुग्न नसकिएको भए पनि स्थानीय जनप्रतिनिधिहरूसँग समन्वय गरिरहेको जनाएको छ । निरीक्षणका क्रममा प्रशासनिक निकाय र सरकारबीचको समन्वयमा कमजोरी देखिएको काँग्रेस नेताहरूको निष्कर्ष छ । गृहमन्त्रीको भ्रमणका क्रममा जिल्लाका मुख्य प्रशासनिक अधिकारी (सीडीओ) लगायतका सुरक्षा निकायका प्रमुखहरू उद्धार कार्यमा खटिनुको साटो ‘प्रोटोकल’ र स्वागतमै अल्झिनुपरेको गुनासो स्थानीय स्तरबाट आएको उनले बताए  । 

उनले भने,  ‘अवस्था सोचेको भन्दा अत्यन्तै भयावह छ । बाढीले पुर्‍याएको भौतिक क्षतिका अतिरिक्त संकलन गरिएका शवहरू व्यवस्थापन हुन नसक्दा दुर्गन्ध फैलिएको र यसले थप महामारी निम्त्याउन सक्ने जोखिम देखिएको छ । केन्द्रबाट मन्त्रीहरू जाँदा स्थानीय प्रशासन डम्पिङ हुने र जनताले प्रशासनिक सहयोग नपाउने अवस्था सिर्जना हुनु दु:खद् हो । मैले यसबारे प्रधानमन्त्रीलाई समेत जानकारी गराउँदै उद्धारमा खटिनुपर्ने निकायलाई काममा अवरोध नहुने गरी व्यवस्थापन मिलाउन सुझाव दिएको छु ।’

विपद् व्यवस्थापन र राहत वितरणलाई थप व्यवस्थित बनाउन नेपाली काँग्रेसले आन्तरिक छलफल तिब्र पारेको छ । नेता आङदेम्बेले प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मी र स्थानीय कार्यकर्ताहरूलाई उच्च सतर्कता अपनाउन र नागरिकको सेवामा समर्पित हुन समेत आग्रह गरे । 

0 Comments