१४ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढीमा ७ हजारभन्दा बढी प्रहरी परिचालन : ७३५ शव फेला, २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन

अ+ अ-

काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा त्यसबाट प्रभावित आसपासका जिल्लामा खोज, उद्धार र राहत कार्यका लागि नेपाल प्रहरीले ७ हजार २८३ जनशक्ति परिचालन गरेको छ।

नेपाल प्रहरीले आइतबार बिहान ११ बजेसम्म सार्वजनिक गरेको विवरण अनुसार विपद्का क्रममा २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्।

प्रहरीका अनुसार बाढी तथा पहिरो प्रभावित विभिन्न जिल्लामा हालसम्म ७३५ जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये रसुवामा १३, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नुवाकोटमा ५२, चितवनमा २५९, तनहुँमा ३७ र नवलपरासी पश्चिममा ८२ जना रहेका छन्।

त्यस्तै, विपद्का घटनामा घाइते भएका तथा उद्धार गरिएका गरी कुल २ हजार ७१५ जनालाई उद्धार तथा सहायता प्रदान गरिएको प्रहरीको तथ्यांक छ। यसमध्ये रसुवाबाट ६९२, नुवाकोटबाट २ हजार २० र धादिङबाट तीन जनाको उद्धार गरिएको उल्लेख छ।

यसैबीच, काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या १६० पुगेको नेपाल प्रहरीले जनाएको छ। विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै सुरक्षा व्यवस्थापन र राहत कार्यमा प्रहरी जनशक्ति निरन्तर परिचालित रहेको छ।

0 Comments