१५ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिशूली-बेत्रावती सडक मर्मत तिब्र: ५०० मिटर सडक नदीले बगाउँदा नयाँ ट्रयाक खोल्नुपर्ने

अ+ अ-

काठमाडौँ । रसुवागढी जोड्ने सडकको त्रिशूली-बेत्रावती खण्ड मर्मत कार्यलाई सडक विभागले तीव्रता दिएको छ ।

सडक विभागको योजना महाशाखा प्रमुख शुभराज न्यौपानेकाअनुसार टोलीले बिहान साढे ६ बजेदेखि सूर्यास्तसम्म निरन्तर काम गरिरहेको हो । मर्मतका क्रममा मेसिनहरूले तिर्तिरे भीर पार गरिसकेका छन् र अब बेत्रावती पुग्न करिव ३ किलोमिटर सडक खण्ड बाँकी छ । 

यद्यपि, बेत्रावती नजिकैको करिव पाँच सय मिटर सडकखण्ड त्रिशूली नदीले पूर्ण रूपमा कटान गरी बगाएकाले मर्मत कार्यमा चुनौती थपिएको छ । न्यौपानेकाअनुसार बाढी र तिब्र बहावका कारण नदीले आफ्नो धार परिवर्तन गरी सडक भएकै स्थानबाट बग्न थालेको छ । उक्त खण्डमा नयाँ ट्रयाक निर्माणका लागि विभागले वैकल्पिक योजनासहित ब्रेकर र अन्य मेसिनहरू परिचालन गरेको छ भने आवश्यकता अनुसार ब्लास्टिङ (विष्फोट) गर्ने तयारी समेत गरिएको छ ।

उनले भने, ‘पहिले सडक भएको ठाउँमा अहिले खोला बगिरहेको छ, त्यसैले त्यहाँ नयाँ एलाइनमेन्टसहितको ट्रयाक खोल्नुपर्ने अवस्था छ ।’

विभागले भोलि बेलुकासम्म बेत्रावती पुग्ने लक्ष्य राखेको भएपनि बाढीले सडकमा पुर्‍याएको ठूलो क्षतिका कारण केही समय थप लाग्न सक्ने देखिएको छ । हाल शुभराज न्यौपानेको नेतृत्वमा त्रिशूलीदेखि बेत्रावती हुँदै स्याँफ्रुबेंसीसम्मको सडक सुचारु गराउन विभागको टोली कार्यक्षेत्रमा खटिएको छ । 

0 Comments