काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले नियमित अवकाशमा जान लागेका गृहसचिव राजकुमार श्रेष्ठलाई बिदाइ गरेका छन्।
गृह मन्त्रालयमा आयोजित एक समारोहबीच महानिरीक्षक पौडेलले लामो समय राष्ट्र सेवामा समर्पित भई जिम्मेवारी निर्वाह गरेका गृहसचिव श्रेष्ठलाई बिदाइ गरेका हुन्।
सो अवसरमा महानिरीक्षक पौडेलले श्रेष्ठको अवकाशपछिको जीवन सुखद, सफल, समृद्ध तथा सुस्वास्थ्यपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गरे।
श्रेष्ठ नियमित सेवाबाट अवकाशमा जान लागेपछि गृह मन्त्रालयमा बिदाइ कार्यक्रम आयोजना गरिएको हो।






