१५ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढीपीडितका लागि ब्याट-३६ को सहयोग, साढे तीन लाखभन्दा बढी जुट्यो

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहतका लागि ब्याट–३६ का सदस्यहरूले सामूहिक रूपमा एक लाख ९१ हजार ३१३ रुपैयाँ जुटाएका छन् भने केही सदस्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप एक लाख ४३ हजार ५०१ रुपैयाँ सोझै जम्मा गरेका छन्।

अ+ अ-

काठमाडौँ । भोटेकोशीको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि ब्याट-३६ परिवारले तीन लाख ३४ हजार ८१४ रुपैयाँ सहयोग जुटाएको छ।

ब्याट-३६ ले सामूहिक सहयोगका लागि रकम संकलन गर्ने योजना बनाएअनुसार सदस्यहरूबाट एक लाख ९१ हजार ३१३ रुपैयाँ जम्मा भएको जनाएको छ। यसबाहेक समूहका केही सदस्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोझै एक लाख ४३ हजार ५०१ रुपैयाँ जम्मा गरेका हुन् । 

यसरी सामूहिक रूपमा संकलित रकम र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सदस्यहरूले सोझै जम्मा गरेको रकम जोड्दा ब्याट-३६ का सदस्यबाट तीन लाख ३४ हजार ८१४ रुपैयाँ सहयोग जुटेको हो। यसअघि सदस्यहरूले व्यक्तिगत रूपमा गरेको सहयोग भने उक्त रकममा समावेश गरिएको नगरिएको मौसम भूसालले जनाएका छन् । 

भोटेकोशीको बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो जनधन तथा भौतिक क्षति भएको अवस्थामा ब्याट-३६ परिवारले प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सामूहिक सहयोगको पहल गरेको हो।

बाढीबाट घर-आँगन, सडक र पुललगायत संरचनामा क्षति पुगेको तथा ठूलो मानवीय क्षति भएको उल्लेख गर्दै ब्याट-३६ परिवारले विपद्को पीडा आफूहरूले नजिकबाट महसुस गरेको जनाएको छ। विपद्मा प्रशासन सेवासँग आबद्ध केही व्यक्तिसमेत गुमाउनु परेको र केही सदस्यले आफ्ना परिवार तथा आफन्त गुमाउनुपरेको उल्लेख गरिएको छ।

देशका विभिन्न स्थानमा प्रशासनिक जिम्मेवारी सम्हालिरहेका ब्याट-३६ का सदस्यहरू भौतिक रूपमा घटनास्थलमा उपस्थित हुन नसके पनि आ-आफ्नो सामर्थ्यअनुसार प्रभावितलाई सहयोग गर्न जुटेको समूहले जनाएको छ।

ब्याट-३६ परिवारले उक्त सहयोगलाई प्रचारका रूपमा नभई विपद्को कठिन घडीमा साझा संवेदना, मानवीयता र जिम्मेवारीको अभिव्यक्तिका रूपमा लिएको स्पष्ट पारेको छ।

समूहले विपद्ले ठूलो क्षति पुर्‍याए पनि सामूहिक भावना र सहकार्यले प्रभावितलाई पुनः उठ्ने साहस दिने विश्वास व्यक्त गरेको छ। संकलित सहयोगले पीडितको घाउमा केही मलम लगाउन, तत्काल आवश्यकतामा सहयोग पुर्‍याउन तथा घरबारविहीन बनेका परिवारलाई थोरै भए पनि राहत दिन सकोस् भन्ने उद्देश्य रहेको जनाएको छ।

0 Comments