धनुषा । भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि धनुषाको मिथिला नगरपालिकाले रु ४१ लाख सहयोग गरेको छ ।
नगरपालिकाले बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ । विपद्को घडीमा सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाभित्र कार्यरत जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विद्यालयका कर्मचारीबाट सहयोग संकलन गरिएको नगर प्रमुख महेन्द्र महतोले जानकारी दिए ।
नगरपालिकाका अनुसार नगर प्रमुखबाट रु ५१ हजार १५१, नगर उपप्रमुखबाट रु १२ हजार तथा जनप्रतिनिधिबाट रु तीन लाख ३३ हजार १६५ सहयोग गरिएको छ ।






