१८ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘शव व्यवस्थापन र सडक सञ्जाल पुनः स्थापनामा सरकार गम्भीर बन्नुपर्छ’ – कुलमान घिसिङ

अ+ अ-

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विपद्पछिको शव व्यवस्थापन तथा अवरुद्ध सडक सञ्जाल पुनः स्थापनालाई उच्च प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र साहसँग भेट गरी घिसिङले विपद् प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा देखिएका समस्या तथा स्थानीय तह र नागरिकमा देखिएको असन्तुष्टिबारे जानकारी गराएका हुन्।

प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिसिङले शव व्यवस्थापनमा भएको ढिलाइप्रति स्थानीय बासिन्दा र जनप्रतिनिधिमा ठूलो असन्तुष्टि देखिएको बताए।

सडक सम्पर्क तत्काल सञ्चालन गर्न सुझाव
घिसिङले विपद्का कारण अवरुद्ध सडक सञ्जाललाई शीघ्र सञ्चालनमा ल्याउन विशेष प्राथमिकता दिनुपर्ने बताए। सडक सम्पर्क पुनः स्थापनामा थप ढिलाइ गर्न नहुने विषयमा सरकारलाई स्पष्ट सुझाव दिएको उनको भनाइ छ।

‘अब शव व्यवस्थापनको विषयमा गम्भीर रूपमा सोच्नुपर्छ। शव व्यवस्थापनमा केही ढिलाइ भयो भन्ने आक्रोश छ,’ घिसिङले भने, ‘स्थानीय तह र स्थानीय नागरिकबाट व्यक्त भएको आक्रोश हामीले बुझेका छौँ। स्थलगत रूपमा देखिएका विषय प्रधानमन्त्रीज्यूसमक्ष राखेका छौँ।’

सडक सञ्जाललाई विशेष प्राथमिकतामा राखेर काम अघि बढाउनुपर्ने उल्लेख गर्दै उनले त्यसमा कुनै पनि प्रकारको ढिलाइ गर्न नहुने बताए।

होल्डिङ सेन्टरको व्यवस्थापनमा जोड
भेटमा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बालबालिका, महिला तथा ज्येष्ठ नागरिकको अवस्थाबारे पनि छलफल भएको घिसिङले जानकारी दिए। ती केन्द्रमा स्वास्थ्य सेवा, सामाजिक सुरक्षा तथा आवश्यक आधारभूत सुविधाको उचित व्यवस्थापन गर्नुपर्ने विषय गम्भीर रूपमा उठाइएको उनले बताए।

घिसिङका अनुसार प्रधानमन्त्री साहले होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई काठमाडौँ ल्याएर उचित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन्।

‘होल्डिङ सेन्टरमा रहेका बालबालिकादेखि महिला र ज्येष्ठ नागरिकसम्मलाई सामाजिक तथा स्वास्थ्यका दृष्टिले कसरी व्यवस्थित बनाउने भन्ने विषय गम्भीर रूपमा उठेको छ,’ उनले भने, ‘त्यसको व्यवस्थापनमा सरकार गम्भीर रहेको प्रधानमन्त्रीज्यूले बताउनुभएको छ। बालबालिकालाई काठमाडौँ ल्याएर राख्ने कुरा पनि उहाँले भन्नुभएको छ।’

पूर्व तयारीका कमजोरी सच्याउनुपर्ने
घिसिङले विपद् पूर्व तयारी अपेक्षाअनुसार हुन नसक्दा उद्धार, राहत तथा व्यवस्थापनका क्रममा कमजोरी देखिएको बताए। विगतका कमजोरी सच्याउँदै विपद्बाट उत्पन्न समस्या समाधान गर्न सरकार, राजनीतिक दल, स्थानीय तह र नागरिक एकताबद्ध भएर लाग्नुपर्ने उनको भनाइ छ।

उनले विपद्को अहिलेको घडीमा सरकार थप गम्भीर र जिम्मेवार बन्नुपर्ने उल्लेख गर्दै उद्धार, राहत, शव व्यवस्थापन, विस्थापितको सुरक्षा तथा सडक सञ्जाल पुनः स्थापनामा सबै पक्षले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए।

0 Comments