१८ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलविद्युत आयोजनाको टनेलमा फसेका नागरिकको जीवन रक्षालाई प्राथमिकता दिन सरकारलाई एमालेको आग्रह

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले निर्माणाधीन जलविद्युत आयोजनाका टनेलमा फसेका नागरिकको शीघ्र उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । 

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले यो शोकलाई शक्तिमा बदल्न सरकारलाई नि:सर्त साथ दिन आफूहरू तयार रहेको पनि बताए । उनले जलविद्युत आयोजनाको टनेलमा फसेका नागरिकको जीवन रक्षालाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराए । प्रमुख सचेतक महरले आफ्नो गृह जिल्ला बझाङका दुई जना इन्जिनियरसमेत जलविद्युत आयोजनाको टनेलमा फसेको र उनीहरूको अवस्था अझै अज्ञात रहेको जानकारी दिए ।

उनले भने, ‘हामी सबै सरकारको साथमा छौँ । हामी निसर्त सरकारलाई साथ दिन चाहन्छौँ र यो संकटको सामना गर्न चाहन्छौँ । यो शोकलाई हामी शक्तिमा बदल्न चाहन्छौँ । अहिले पनि धेरै नागरिक उद्धारको लागि गुहार गरिरहनुभएको छ । निर्माणाधीन जलविद्युत आयोजनाहरूका टनेलहरूमा फसिरहनुभएको अवस्था छ । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु उहाँहरूको छिटोभन्दा छिटो उद्धार गरियोस् । मेरो गृह जिल्ला बझाङका दुई जना इन्जिनियरहरु समेत यो आयोजनामा फसेका छन् । उहाँहरूको अवस्था अझै पनि अज्ञात रहेको छ । उनीहरूको खोजीमा समेत सरकारले ध्यान देओस् ।’

उनले बाढी प्रभावित क्षेत्रका नागरिकको स्वास्थ्यप्रति समेत सरकार गम्भीर हुनुपर्ने बताए ।  

0 Comments