१९ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरुवा बन्दुकको गोली लागेर शिक्षकको मृत्यु, घटनामा संलग्न एक जना पक्राउ

अ+ अ-

काठमाडौँ । मकालु गाउँपालिका-१ चिर्खाङमा भरुवा बन्दुक प्रहारबाट एक शिक्षकको मृत्यु भएको छ। घटनापछि प्रहरीले एक जनालाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

जिल्लाको सिलिचोङ गाउँपालिका-५ याफु घर भई मकालु गाउँपालिका–१ स्थित कालिका आधारभूत विद्यालयमा बस्दै आएका करिब ३६ वर्षीय शिक्षक नर कुबिर खम्बु राई बिहीबार साँझ विद्यालय परिसरबाहिर मृत अवस्थामा फेला परेका थिए।

प्रहरीका अनुसार बिहीबार करिब ७ बजे खाना खाइसकेपछि राई विद्यालयबाहिर भाँडा धुन निस्किएका थिए। त्यही क्रममा बन्दुक पड्किएको जस्तो आवाज सुनिएपछि विद्यालयमै बस्दै आएकी शिक्षिका टिकामाया राई बाहिर निस्केर हेर्दा राई ढलेको र शरीरबाट रगत बगिरहेको अवस्थामा भेटिएको प्रारम्भिक विवरण छ।

घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको शरीरको पछाडिको भागमा भरुवा बन्दुकबाट लागेको चोट फेला परेको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धानका क्रममा प्रहरीले शुक्रबार बिहान करिब ११ बजे मकालु गाउँपालिका-१ सिउँडीबारीका करिब ३३ वर्षीय पत्न कुलुङ राईलाई घटनामा प्रयोग भएको भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ।

पक्राउ परेका राईमाथि घटनाको कारण तथा संलग्नतासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0 Comments