१९ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशीमा तत्काल ठूलो बाढीको सम्भावना छैन, हल्लाको पछि नलाग्न आग्रह

अ+ अ-

काठमाडौँ । नुवाकोट तथा रसुवामा हिमताल विस्फोट भएर भोटेकोशीमा ठूलो बाढी आउन सक्ने भन्दै फैलिएका सूचनाबीच नेपाल बाढी सूचना केन्द्रले हालसम्म प्राप्त जानकारीका आधारमा तत्काल ठूलो बाढी आउन सक्ने सम्भावना नदेखिएको स्पष्ट पारेको छ।

केन्द्रले शुक्रबार राति ८:४० बजे ‘भोटेकोशी बाढी सम्बन्धी सूचना’ जारी गर्दै नुवाकोट तथा रसुवा जिल्लामा हिमताल विस्फोटन भई बाढी आउन सक्ने विषयमा जानकारी माग गर्दै विभिन्न माध्यमबाट अत्यधिक फोन सम्पर्क प्राप्त भइरहेको जनाएको छ।

यस सम्बन्धमा केन्द्रले चिनियाँ समकक्षी निकायहरूसँग नियमित सम्पर्कमा रहेर प्राप्त सूचनाहरूको निरन्तर अनुगमन गरिरहेको जानकारी दिएको छ।

‘हालसम्म प्राप्त सूचनाका आधारमा तत्काल ठूलो बाढी आउन सक्ने सम्भावना देखिएको छैन,’ केन्द्रले सूचनामा भनेको छ।

पुष्टि नभएका सूचनाबाट नआत्तिन आग्रह
केन्द्रले भोटेकोशीमा बाढी आउने विषयलाई लिएर फैलिएका पुष्टि नभएका सूचना तथा हल्लाका आधारमा नआत्तिन र संयमित रहनसमेत सर्वसाधारणलाई अनुरोध गरेको छ।

नुवाकोट तथा रसुवामा हिमताल विस्फोटन भई बाढी आउन सक्ने भन्दै विभिन्न माध्यमबाट सूचना फैलिन थालेपछि त्यसको वास्तविक अवस्थाबारे बुझ्न केन्द्रमा अत्यधिक फोन आएको हो।

जोखिम देखिए एसएमएस मार्फत पूर्वसूचना
केन्द्रले बाढीको सम्भावना देखिएमा सर्वसाधारणलाई क्:क् मार्फत पूर्वसूचना सम्प्रेषण गरिने जनाएको छ।

भोटेकोशीको अवस्थाबारे थप सूचना वा जानकारी आवश्यक परे केन्द्रको टोल (फ्री नम्बर ११५५ (२) मा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ।

केन्द्रले चिनियाँ समकक्षी निकायसँगको नियमित सम्पर्क र प्राप्त सूचनाको निरन्तर अनुगमनका आधारमा तत्काल ठूलो बाढीको सम्भावना नदेखिएको जानकारी दिँदै आधिकारिक सूचनामा विश्वास गर्न र अपुष्ट हल्लाबाट त्रसित नहुन आग्रह गरेको हो।

0 Comments