२२ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री चौधरी र संयुक्त राष्ट्रसंघकी प्रतिनिधि याहियाबीच शिष्टाचार भेटवार्ता, भोटेकोशी बाढीबारे छलफल 

अ+ अ-

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी र संयुक्त राष्ट्रसंघकी नेपालस्थित आवासीय प्रतिनिधि लीला पिटर्स याहियाबीच शिष्टाचार भेटवार्ता भएको छ । 

आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपालको वर्तमान अवस्था तथा प्राथमिकताबारे छलफल गर्दै हिमाली क्षेत्रको संरक्षण, जलवायु न्याय र उत्थानशील विकासका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । 

मन्त्री चौधरीले नेपालले संयुक्त राष्ट्र संघसँगको सहकार्यलाई उच्च महत्व दिएको उल्लेख गर्दै नेपालको वर्तमान अवस्था तथा संयुक्त राष्ट्रसंघबाट हुन सक्ने सहयोग र सहकार्यबारे छलफल गरिन्। 

भेटमा भोटेकोशी बाढीबाट कृषि तथा पशुपन्छी क्षेत्रमा भएको क्षति, प्रभावित कृषकको जीविकोपार्जन पुन:स्थापना, खाद्य सुरक्षा, जलवायु न्याय, पर्वतीय एजेन्डा तथा पूर्वसूचना प्रणाली सुदृढीकरणका विषयमा छलफल भएको छ । 

मन्त्री चौधरीले आगामी संयुक्त राष्ट्रसंघ महासभा तथा कोप ३१ मा नेपालको पर्वतीय एजेन्डा र जलवायु न्यायका विषयलाई प्रभावकारी रूपमा उठाउन संयुक्त राष्ट्रसंघको सहयोग आवश्यक रहेको बताइन् । साथै, खाद्य सुरक्षा क्लस्टरलाई थप प्रभावकारी बनाउन एफएओ लगायत संयुक्त राष्ट्र संघीय निकायसँग दीर्घकालीन सहकार्य र विपद्पछिको पुनरुत्थानका लागि थप सहयोगको अपेक्षा व्यक्त गरिन् । 

संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकले भोटेकोशी बाढी प्रभावित कृषकको जीविकोपार्जन पुन:स्थापना, पूर्वसूचना प्रणाली तथा जलवायुजन्य जोखिम न्यूनीकरणमा संयुक्त राष्ट्र संघका तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

0 Comments