२३ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड दिवसको स्मृति कार्यक्रमप्रति क्रान्तिशिखाको आपत्ति, ‘सहिद र घाइतेको अपमान भयो’

रास्वपा सचेतक क्रान्तिशिखा धितालले जेन जेड आन्दोलनको स्मृति कार्यक्रमले सहिद परिवार र घाइतेको भावना समेट्न नसकेको भन्दै मञ्चको स्वरूपदेखि आलोचकलाई दिइने धम्कीसम्म प्रश्न उठाएकी छन्।

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आयोजित स्मृति कार्यक्रमप्रति आपत्ति जनाएकी छन्।

नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनअगाडि आयोजित कार्यक्रमले आन्दोलनका सहिद, घाइते तथा पीडित परिवारको भावनालाई सम्बोधन गर्न नसकेको उनको टिप्पणी छ। उनले कार्यक्रमको स्वरूप, मञ्चको बनोट र धर्मगुरुहरूको उपस्थितिको औचित्यमाथि समेत प्रश्न उठाएकी छन्।

‘परिवारको पीडा कसरी सम्बोधन भयो ?’
धितालले सामाजिक सञ्जाल फेसबुकमार्फत कार्यक्रमले सहिद र घाइतेको सम्मानभन्दा उनीहरूको भावनामा चोट पुर्‍याएको अनुभूति भएको उल्लेख गरेकी छन्।

‘मलाई कताकता लाग्यो हामीले जेनजी सहिद र घाइतेहरूको अपमान गरिरहेका छौँ । मलाई थाहा छैन, त्यो स्टेज किन त्यसरी खडा गरियो । त्यहाँ भएका धर्मगुरुको अर्थ के थियो रु त्यो कार्यक्रमले ती परिवारको पीडा कसरी सम्बोधन गर्‍यो, जसले आफ्ना सन्तान गुमाएका छन्,’ उनले लेखेकी छन्।

आन्दोलनका क्रममा घाइते भएकाहरूको भावना पनि कार्यक्रममा समेटिन नसकेको उनको भनाइ छ। यस्तो कार्यक्रमको शैलीमाथि नेतृत्वमा रहेका व्यक्तिहरूले समयमै हस्तक्षेप गर्न नसकेको भन्दै उनले असन्तुष्टि जनाएकी छन्।

आन्दोलनको उद्देश्य र व्यवहारबीच विरोधाभास
धितालले जेनजी आन्दोलनका घोषित उद्देश्य र अहिले देखिएको व्यवहारबीच विरोधाभास देखिएको टिप्पणीसमेत गरेकी छन्।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, निरंकुशताको विरोध र विधिको शासनका पक्षमा अघिल्लो वर्ष सडकमा उत्रिएको स्मरण गर्दै उनले अहिले आलोचना गर्नेहरूलाई धम्की र चेतावनी दिने प्रवृत्ति बढेको बताएकी छन्।

अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न
‘अहिले हामीमाथि प्रश्न गर्नेहरूलाई किन हामी धम्की र चेतावनीको भाषा बोल्दै छौँ ?’ धितालले प्रश्न गरेकी छन्, ‘के आज हामी अभिव्यक्ति स्वतन्त्रतालाई बल पुग्ने काम गर्दैछौं ? कि हामी बाँकी अधिकारको पनि तेजोबध गर्न उद्धत छौँ ?’

उनले आन्दोलनको मूल मर्म, सहिदको बलिदान, घाइतेको पीडा र नागरिक स्वतन्त्रताको विषयलाई स्मृति कार्यक्रम तथा त्यसपछिका गतिविधिको केन्द्रमा राखिनुपर्ने आशय व्यक्त गरेकी छन्।

0 Comments