२३ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिरोले किम्रुङ खोला थुनिएको खबरपछि तटीय क्षेत्रमा सतर्कता, सेना र प्रहरी तयारी अवस्थामा

किम्रुङ खोलामा पहिरो खसेर बिहानदेखि पानी थुनिएको खबरपछि नयाँपुल, वीरेठाँटीसहित तटीय क्षेत्रमा प्रहरीले माइकिङ गरेको छ। सम्भावित आकस्मिक बाढीको जोखिमलाई ध्यानमा राख्दै नेपाली सेना र नेपाल प्रहरीलाई तयारी अवस्थामा राखिएको छ।

अ+ अ-

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा पहिरो खसेर पानीको प्राकृतिक बहाव अवरुद्ध भएको खबरपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराउँदै सुरक्षा निकायलाई तयारी अवस्थामा राखेको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले वडाध्यक्षबाट खोला थुनिएको जानकारी आएको र सम्भावित जोखिमलाई ध्यानमा राखेर सुरक्षा टोलीलाई सतर्क बनाइएको प्रशासन सिंहदरबार विशेष ब्युरोलाई बताए।

‘खोला थुनियो भन्ने खबर आएको छ। पहिरो आएको र झोलुङ्गे पुल बगाएको थियो,’ गुरुङले प्रशासनसँग भने, ‘नदीमा पानीको बहाव घटेको छैन। वडाध्यक्षबाट थुनिएको खबर आएको छ। टोलीलाई अलर्ट हुन लगाएका छौँ।’

स्थानीय तहबाट प्राप्त जानकारीअनुसार किम्रुङ खोला बिहान करिब ६ बजेदेखि पहिरोका कारण थुनिएको हो। खोला पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएको र माथिल्लो क्षेत्रमा कति पानी जम्मा भएको छ भन्ने विस्तृत विवरण भने आउन बाँकी छ।

नयाँपुल-वीरेठाँटी क्षेत्रमा प्रहरीको माइकिङ
सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले नयाँपुल, वीरेठाँटी र आसपासका बस्तीमा माइकिङ गरी स्थानीयलाई खोला तथा नदी किनारबाट टाढा रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार नेपाली सेनाको टोली नजिकै रहेको छ भने नेपाल प्रहरीलाई पनि आवश्यकताअनुसार तत्काल परिचालन हुन सक्ने गरी तैनाथ राखिएको छ।

‘स्थानीयलाई सावधानी अपनाउन भनिसकिएको छ। नेपाली सेनाको सुरक्षा पनि नजिकै छ र नेपाल प्रहरी पनि तैनाथी अवस्थामा छ,’ गुरुङले भने।

पहिरोले अवरुद्ध गरेको स्थानमा पानी जम्मा भएर अवरोध एक्कासि खुले तल्लो तटीय क्षेत्रमा आकस्मिक बाढी आउन सक्ने भएकाले पूर्वसावधानी अपनाइएको हो।

पानीको अवस्थाबारे फरक-फरक प्रारम्भिक सूचना
स्थानीय तहबाट पछिल्लो समय पानी केही कम भएको सूचना आएको छ। तर प्रमुख जिल्ला अधिकारी गुरुङले नदीको बहाव घटिनसकेको बताएका छन्। पानीको वास्तविक अवस्थाबारे विस्तृत विवरण प्राप्त भइनसकेकाले जोखिम टरिसकेको निष्कर्षमा प्रशासन पुगेको छैन।

यसअघि पनि किम्रुङ खोलामा पहिरो खसेर पानीको बहाव अवरुद्ध भएपछि बाढी आएको स्थानीय विवरण छ।

यसअघिको बाढीले सडक कटान, पुलसमेत बगाएको थियो
किम्रुङ खोलामा यसअघि आएको बाढीले वीरेठाँटी क्षेत्रमा सडक कटान गर्नुका साथै पुलसमेत बगाएको थियो। बाढीका कारण घान्द्रुक जाने सडक अवरुद्ध भएको र अझै पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको प्रहरीले जनाएको छ।

भदौ २ गते मोदी खोलामा आएको बाढीले वीरेठाँटी क्षेत्रमा सडक कटान गरेपछि यातायात प्रभावित भएको थियो।

किम्रुङ खोला अन्नपूर्ण गाउँपालिका-११ हुँदै मोदी खोलामा मिसिन्छ। मोदी खोला पर्वत हुँदै कालीगण्डकीमा पुग्छ। किम्रुङमा अवरुद्ध पानी अचानक खुले त्यसको प्रभाव तल्लो क्षेत्रमा पर्न सक्ने भएकाले मोदी खोला आसपासका बासिन्दालाई समेत सतर्क रहन भनिएको छ।

प्रशासनले स्थानीयलाई आधिकारिक सूचनामा ध्यान दिन, जोखिमयुक्त खोला तथा नदी किनारमा नजान र आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

0 Comments