२६ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षाका लागि हेल्पडेस्क राख्न संसदीय समितिको निर्देशन

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढी प्रभावित क्षेत्रमा रहेका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरहरूमा हेल्पडेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिकी शुक्रवार बसेको समितिले हेल्प डेक्स राखेर सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी दिइन् । उनले विपद्को संवेदनशील अवस्थाको दुरुपयोग गर्दै रोजगारी, राहत, घर फर्काउने वा सुरक्षित स्थानमा पुर्‍याउने नाममा पीडितलाई प्रलोभन, दबाब र झुटा आश्वासन दिने जोखिम रहेको बताइन् । विशेष गरी रसुवाको बेत्रावती तथा त्रिशूली करिडोर, टिमुरे, खट्टेखोला, स्याफ्रुबेसी, हाँकुबेसी र मैलुङलगायत क्षेत्रमा होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा संवेदनशील रहेको समितिको निष्कर्ष छ ।

समितिले महिला, किशोरी, बालबालिका, अपांगता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूह यौन शोषण, लैंगिक हिंसा, दुर्व्यवहार, मानव बेचबिखन तथा अन्य हिंसा र उत्पीडनको जोखिममा पर्न सक्ने भन्दै सुरक्षा र संरक्षणको प्रभावकारी व्यवस्था गर्न निर्देशन दिएको हो । समितिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई जोखिममा रहेका समूहलाई लक्षित गरी राहत शिविरमा हेल्पडेस्क सञ्चालन गर्न तथा स्थानीय तहमा रहेका महिला सेललाई तत्काल सक्रिय र प्रभावकारी रूपमा परिचालन गर्न निर्देशन दिएको छ ।

पीडितबाट प्राप्त उजुरी तथा सूचनाको गोपनीयता कायम गर्दै कानुनी सहायता उपलब्ध गराउने र आवश्यकताअनुसार सम्बन्धित निकायमा सुरक्षित रूपमा रिफर गर्ने संयन्त्र सुनिश्चित गर्न पनि समितिले निर्देशन दिएको सभापति अवस्थीले बताइन् ।

उनले भनिन्, ‘भोटेकोसीमा आएको बाढी तथा पहिरोबाट रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका प्रभावित जिल्लाहरू विशेष गरी रसुवाको बेत्रावती तथा त्रिशूली कोरिडोर, तिमुरे, खट्टेखोला स्याफ्रुबेसी, हाँकुबेसी, मैलुङ लगायतका विभिन्न स्थानहरूमा राहत शिविर तथा अस्थायी आश्रयस्थलमा रहेका नागरिकहरूलाई विपद्को संवेदनशील अवस्थालाई दुरुपयोग गर्दै रोजगारी दिलाउने, राहत उपलब्ध गराउने, घर फर्काई दिने वा सुरक्षित स्थानमा पुर्‍याइदिने नाममा गलत व्यक्तिहरूले प्रलोभनमा, दबाबमा वा झुट्टा आश्वासन दिन सक्ने सम्भावना सम्भावनाहरू धेरै रहेको छ । तसर्थ, महिला, किशोरी, बालबालिका, अपांगता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू, यौन शोषण, लैंगिक हिंसा, दुर्व्यवहार, मानव मानव बेचबिखन तथा अन्य प्रकारका हिंसा र उत्पीडनको जोखिममा पर्न सक्ने अवस्था रहेको हुँदा यस्तो जोखिम न्यूनीकरण तथा प्रभावकारी नागरिकको सुरक्षा र संरक्षण सुनिश्चित गर्न गोपनीयता तथा मर्यादाको पूर्ण संरक्षण गर्दै जोखिममा रहेका समूहलाई लक्षित गरी प्रत्येक राहत शिविर तथा अस्थायी आश्रयस्थलमा सम्पर्क व्यक्ति तथा हेल्पडेस्कको व्यवस्था र स्थानीय तहमा रहेका महिला सेललाई तत्काल सक्रिय तथा प्रभावकारी रूपमा परिचालन गर्ने व्यवस्था साथै उजुरी प्राप्त उजुरी तथा सूचनाको गोपनीयता कायम गर्दै, प्रचलन कायम गर्दै, कानूनी सहायता तथा सम्बन्धित निकायमा सुरक्षित रूपमा रिफर गर्ने प्रभावकारी संयन्त्र समेत सुनिश्चित गर्न महिला बालबालिका तथा ज्येष्ठ महिला अ महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई महिला तथा सामाजिक मामिला समिति निर्देश गर्दछ ।’

समितिले महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक, अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकका सवालमा अध्ययन, अनुसन्धान तथा समन्वयका लागि विषयगत क्लस्टर अनुसार उपसमिति गठन गर्ने निर्णयसमेत गरेको छ । सभापति अवस्थीका अनुसार समितिमा रहेका दक्षता, नेतृत्व क्षमता र अनुभव भएका सांसदलाई सम्बन्धित क्लस्टरमा परिचालन गरी अध्ययन तथा आवश्यक सुझाव दिन सक्ने व्यवस्था गर्न उपसमिति गठन गर्न लागिएको हो । उपसमिति दलीय आधारमा गठन गर्ने निर्णय भएको उनले जानकारी दिइन् ।

0 Comments