२६ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको शल्यक्रिया नि:शुल्क गर्ने नेता शर्माको घोषणा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. सुनिलकुमार शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको शल्यक्रिया नि:शुल्क गर्ने घोषणा गरेका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो घोषणा गरेका हुन् । उनले काठमाडौँ मेडिकल कलेज (केएमसी) र दुवाकोट र विराटनगरस्थित नोबेल मेडिकल कलेजमार्फत एक हजार बिरामीको गम्भीर रोगको शल्यक्रिया नि:शुल्क गर्ने घोषणा गरो हुन्। उनले मेडिकल कलेजमा अध्ययन गर्न आउने आर्थिक रूपमा विपन्न विद्यार्थीको लागि छात्रवृत्तिको प्याकेज ल्याउने तयारी भइरहेको समेत बताए ।

स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको नाममा रहेको फाउन्डेसनका गतिविधिलाई देशका ७७ वटै जिल्लामा विस्तार गर्नुपर्ने बताए । उनले पार्टी र मुलुकको आर्थिक समृद्धिको आधार तयार गर्न नेता कोइरालाले खेलेको भूमिकाबारे आउँदो पुस्तामाझ पुर्‍याउन आवश्यक रहेको पनि बताए ।

उनले भने, ‘म सभापतिज्यूलाई साक्षी राखेर यो वर्ष मात्रै बिरामी नै पुगेन भन्दा थाहा छैन । यो मुलुक भित्रका पैसा नभएर आर्थिक रूपमा उपचार गर्न नसक्ने एक हजार वटा मेजर अप्रेसनहरू हामी काठमाडौँ मेडिकल कलेजको दुवाकोट र विराटनगरमा नोबेल मेडिकल कलेजमा गरेर नि:शुल्क गर्ने घोषणा गर्न चाहन्छौँ । अब हामीले मेडिकल कलेजमा केही छात्रवृत्तिहरूको घोषणा गर्ने सोचिराखेका छौँ । यो विषयमा दिदीसँग सल्लाह गरेर तपाईंहरुलाई भन्ने छु । अहिलेको सभापतिज्यू पनि गिरिजा बाबुकै प्रोडक्ट हो । त्यो साधारण सदस्यता हुन्छ नि त्यो गिरिजा प्रसाद कोइरालाको हातबाट साइन गरेर दिल्ली बाहिर मलाई लगेर गराउनुभएको त्यतिबेला दिलीप सापकोटा उपसभापति हुनुहुन्थ्यो मोरङको । साधारण सदस्यता पनि मैले चाहिँ गिरिजा बाबुको हातबाट साइन गरेर लिएको हो । त्यसकारणले गर्दाखेरि अब यो यो फाउन्डेशनलाई अगाडि लाने अब विश्व बजारको त म भन्न सक्दिन । देशभित्रका ७७ वटा जिल्लामा पुर्‍याउने र सभापति जीसँग कोअर्डिनेशन गरेर काँग्रेसको पक्षमा, नेपाली जनताको पक्षमा र गिरिजा बाबु, स्वर्गमा भएको गिरिजा बाबुको हृदय आत्माले भनौँ न। अब हामी हिन्दुहरूले भन्दा आत्मा भन्छौँ। बुद्धिज्ममा चाहिँ चित्र भन्ने चलन छ, आत्मा हुँदैन भनेको छ। अनात्माको बारेमा पढ्नुपर्छ। अब बुद्धिज्म अनुसार गिरिजा बाबुको चित्र एकदम प्रफुल्ल हुने गरी हामी काम गर्छौँ भन्ने प्रतिबद्धता गर्न चाहन्छौँ ।’

उनले पार्टीमा देखिएको विवाद समाधान गरी नागरिकका मुद्दामा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

0 Comments