२६ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्षमान पुनको चेतावनी : ‘दोषीलाई नछोड्नुस्, निर्दोषलाई नफसाउनुस्, दम्भी शैली नत्यागे देशले अर्को विद्रोह थेग्न सक्दैन’

अ+ अ-

काठमाडौँ । प्रतिपक्षी दल नेपाली  कम्युनिस्ट पार्टी (नेकपा) का सांसद एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले दुई तिहाइको दम्भ र स्वेच्छाचारिता देखाएर सरकार लामो समय टिक्न नसक्ने चेतावनी दिएका छन्। 

प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै सांसद पुनले सरकारको अहंकारी कार्यशैलीले नागरिकमा असन्तोष बढिरहेको बताए। यस्तै रहे देशले अब अर्को विद्रोह र विध्वंस थेग्न नसक्ने बताए ।

गत वर्ष भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलन र त्यसपछिको विध्वंसबारे बोल्दै सांसद पुनले शान्तिपूर्ण प्रदर्शनमा १९ जनाको ज्यान जाने गरी कसको आदेशमा गोली चलाइयो भनी सरकारसँग जवाफ माग गरेका छन् ।

‘सामाजिक सञ्जालको प्रतिबन्ध र सुशासनको माग राखेर माइतीघरमा उत्रिएका युवाहरूको आन्दोलन कसले हाइज्याक गरेर बानेश्वर पुर्‍यायो ? कसको आदेशमा गोली चल्यो र १९ जना कलिला युवा घटनास्थलमै मारिए ?, सांसद पुनले प्रश्न गरे, ‘त्यसको भोलिपल्ट राष्ट्रपति कार्यालय, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र नेताहरूका निवासमा कसरी संगठित आगजनी र लुटपाट भयो ? त्यो अक्षम्य अपराध हो।’

घटनाको सत्य तथ्य छानबिन गर्न बनेका गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदनहरू सरकारले गुपचुप राखेको भन्दै उनले तत्काल दुवै प्रतिवेदन सार्वजनिक र कार्यान्वयन गर्न माग गरे ।

‘म सरकारमा भएका साथीहरूलाई स्पष्ट रूपमा भन्न चाहन्छु, दोषीलाई नछोड्नुस्, तर राजनीतिक आस्था वा पूर्वाग्रहका आधारमा निर्दोषलाई नफसाउनुस्। यो नै कानुनको शासन हो, ‘पुनले भने, ‘युवाहरूलाई केवल अपराधीको आँखाले मात्र नहेर्नुस्, उनीहरूका आवाज र असन्तुष्टि सुन्नुहोस्। नत्र यो आक्रोश फेरि अर्को रूपमा विस्फोट हुन सक्छ।’

सप्तरीस्थित संघीय अस्पतालले पैसा नभएको भन्दै भर्ना नलिँदा प्रसव पीडामा रहेकी एक विपन्न महिलाले सडक पेटीमै शिशु जन्माउनुपरेको हृदयविदारक घटना उठाउँदै उनले प्रधानमन्त्रीको आलोचना गरे ।

‘चुनावी भाषणमा खल्तीमा पैसा नहुनेले नि:शुल्क उपचार पाउँछ भन्ने प्रधानमन्त्रीको भिडियो सामाजिक सञ्जालमा छर्लंग छ। तर, सत्तामा पुगेपछि शिक्षा, स्वास्थ्य र बिजुलीमा अतिरिक्त कर थोपरेर जनताको ढाड सेक्ने काम भयो, ’पुनले आक्रोश व्यक्त गर्नुभयो, ‘विगतमा आफ्नी श्रीमती प्रसव पीडामा छँदा महानगरको गाडी जलाउँछु भन्ने अभिव्यक्ति दिने प्रधानमन्त्री आज गरिब महिलाले पैसा नहुँदा सडक पेटीमै बच्चा जन्माउँदा किन मौन ? जनताले यसको जवाफ खोजिरहेका छन्।’

सरकारलाई विनम्र बन्न र दम्भ त्याग्न आग्रह गर्दै सांसद पुनले सत्ता सधैँका लागि नहुने स्मरण गराए । ‘तपाईँहरूको कार्यालयको भित्तामा झुन्ड्याइएका पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीका तस्बिर एक पटक हेर्नुहोस्, ’उनले भने, ’त्यो हेर्नुभयो भने पनि तपाईँहरूलाई सत्य स्वीकार गर्ने र भुईँमा ओर्लिने चेत आउनेछ।’

0 Comments