२८ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक खुलाउने प्रयास जारी, परीक्षणमा करिब २० सवारीसाधन पास

अ+ अ-

काठमाडौँ । कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रयासअन्तर्गत परीक्षणका रूपमा दुवैतर्फबाट सवारीसाधन पार गराइएको छ।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको सचिवालयका अनुसार काठमाडौँबाट चितवनतर्फ एउटा बुलेट सवारीसहित करिब २० वटा सवारीसाधन परीक्षणका रूपमा पास गराइएको हो।

त्यसैगरी, चितवनबाट काठमाडौँतर्फ एउटा भारी सवारीसाधनसमेत सफलतापूर्वक पार गराइएको सचिवालयले जनाएको छ।

पहिरो प्रभावित क्षेत्रमा सडकको अवस्था र सवारी आवागमनको सम्भाव्यता परीक्षण गर्न सीमित सवारीसाधन पार गराइएको हो।

सडकलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन पहिरो पन्छाउने, सतह मिलाउने तथा आवश्यक सुरक्षा प्रबन्ध गर्ने काम तीव्र गतिमा भइरहेको मन्त्री लम्सालको सचिवालयले जनाएको छ।

सडक पूर्ण रूपमा सञ्चालनमा आएको औपचारिक जानकारी नआएसम्म सम्बन्धित निकायको निर्देशन पालना गरी सावधानीपूर्वक यात्रा गर्न यात्रुलाई आग्रह गरिएको छ।

0 Comments