२९ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु ठूलो उपलब्धि हो’-पारस खड्का

अ+ अ-

काठमाडौँ । क्रिकेट एशोसिएशन नेपाल (क्यान)का सचिव पारस खड्काले एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एशिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि भएको बताएका छन् ।

एसीसी प्रिमियर कपको उपाधि जितेर आइतबार राति स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै खड्काले युवा खेलाडीले गरेको प्रदर्शन प्रशंसनीय रहेको बताए । उनले अर्जुन कुमाल र शेर मल्ललगायत युवा खेलाडीको प्रदर्शनले नेपाली क्रिकेटको भविष्यप्रति आशा जगाएको उल्लेख गरे । 

खड्काले क्रिकेट टिम स्पोर्ट भएकाले जित्दा सबै कुरा राम्रो देखिने र हार्दा स्वाभाविक रूपमा आलोचना हुने बताए। यद्यपि समग्रमा नेपाली क्रिकेट टोलीले राम्रो गरिरहेको उनको भनाइ छ । उनले नेपालको एकदिवसीय (ओडीआई) संरचना र फम्र्याटमा भने थप मेहनत गर्नुपर्ने आवश्यकता औँल्याए । अहिलेका लागि एशिया कपमा छनोट हुनु टोलीका लागि मनोबल बढाउने महत्त्वपूर्ण उपलब्धि भएको उनले बताए ।

उनले भने, ‘अहिले हामीले सकारात्मक पक्षबारे कुरा गर्नुपर्छ । नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु हाम्रा लागि ठूलो उपलब्धि हो ।’

एशियन क्रिकेट काउन्सिल (एसीसी) अन्तर्गतका विभिन्न टोलीसँग प्रतिस्पर्धा गर्नु सहज नभए पनि नेपालले समग्र टिम प्रदर्शन सुधार गर्दै उपाधि जित्न सफल भएको खड्काले बताए। देश पछिल्लो केही समयदेखि कठिन परिस्थितिबाट गुज्रिरहेका बेला क्रिकेटले नेपालीमा खुशी ल्याउन सकेको उल्लेख गर्दै उनले क्रिकेटमार्फत राष्ट्रलाई जोड्ने अभियानमा क्यान लागिरहेको बताए। 

एशिया कपका लागि अब क्यानले गर्ने तयारीबारे खड्काले नेपाली क्रिकेट टोलीको आगामी ७–८ महिनाको तालिका तथा अर्को वर्षसम्मको कार्यक्रम तयार भइसकेको जानकारी दिए। उनकाअनुसार नेपाली टोलीले अब एशियन गेम्स, क्रिकेट विश्वकप (सीडब्लुसी), नेपाल प्रिमियर लिग (एनपीएल) लगायतका प्रतियोगितामा सहभागिता जनाउनेछ । एशियन गेम्समा पदक जित्ने लक्ष्य महत्त्वपूर्ण रहेको उनले बताए । 

यसअघि एशियन गेम्समा नेपाल पदकको निकै नजिक पुगेको स्मरण गर्दै खड्काले आगामी संस्करणमा अझ राम्रो प्रदर्शन गर्ने अवसर रहेको बताए । नेपालको ओडीआई वरीयताका आधारमा विश्वकपको प्लेअफ खेल्ने सम्भावना रहेको र आगामी वर्ष द्विपक्षीय सिरिजका लागि समेत क्यानले पहल गरिरहेको उनले जानकारी दिए। 

खड्काले भने, ‘निरन्तर रूपमा क्रिकेट प्रतियोगिता धेरै छन् । प्रतियोगिताअनुसार तयारी गर्दै जानेछौँ र आवश्यक जानकारी सबैलाई गराउँदै जानेछौँ ।’

खड्काले पछिल्लो सफलताले नेपाली क्रिकेटको आत्मविश्वास बढाएको भन्दै आगामी प्रतियोगितामा पनि टोलीले निरन्तर राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । 

0 Comments