बागलुङ । भोटेकोशी बाढीपीडितलाई बागलुङका निजी विद्यालयले रु. १२ लाख बढी रकम सहयोग गरेका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याप्सन) बागलुङले भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. १२ लाख ७७ हजार ६३३ सहयोग गरिएको छ ।
प्याप्सनमा आबद्ध विद्यालय, विद्यालय सञ्चालक, शिक्षक, कर्मचारी तथा विद्यार्थीबाट संकलन गरी रु. आठ लाख २४ हजार ७४१ र प्याप्सन केन्द्रमार्फत सरकारलाई पठाइएको प्याप्सनका अध्यक्ष दल थापाले जानकारी दिए ।
भोटेकोशी–त्रिशूली नदीमा यही भदौ १० गते गएको बाढी तथा विपद्का पीडितको राहत र उद्धारमा सघाउने उद्देश्यले प्याप्सन बागलुङले जिल्लाभरका सदस्य विद्यालयमार्फत राहत संकलन अभियान सञ्चालन गरेको थियो ।






