काठमाडौँ । सिंहदरबारभित्र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी)को गाडीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद नितिमा कार्की भण्डारीको गाडीलाई ठक्कर दिएको छ।
सिंहदरबारस्थित विज्ञान तथा प्रविधि मन्त्रालय अगाडि आज दिउँसो यूएनडीपीको ६६-१-००१२ नम्बरको गाडीले सांसद कार्कीको बागमती प्रदेश ०१-०२८ च ९००९ नम्बरको गाडीलाई ठक्कर दिएको हो।
स्रोतका अनुसार सांसद कार्कीको गाडी रोकिराखेको अवस्थामा यूएनडीपीको गाडीले ठक्कर दिएको थियो। दक्षिण गेटतर्फ आउँदै गरेको अर्को गाडीका क्रममा यूएनडीपीको गाडीले सांसद कार्कीको गाडीमा ठक्कर दिएको बताइएको छ।
घटनापछि ट्राफिक प्रहरीले त्यसबारे आवश्यक जानकारी लिएको छ। घटनाको थप विवरण भने आउन बाँकी छ।






