काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ।
मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट गरी मनोनयनका लागि सिफारिस गर्न आवेदन मागेको हो। इच्छुक तथा योग्य व्यक्तिहरूले आगामी असोज ७ गते (बुधबार) कार्यालय समयभित्र मन्त्रालयमा दरखास्त पेश गर्न सक्ने मन्त्रालयले जनाएको छ ।







