१ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्रान्तिशिखा धितालविरुद्ध जेन जेड शहीद परिवारले सिंहदरबार गेटअगाडि गरेको प्रदर्शनको रास्वपाद्वारा विरोध

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिलाई लिएर जेन जेड शहीद परिवारले सिंहदरबार गेटअगाडि गरेको प्रदर्शनको विरोध गरेको छ । 

प्रतिनिधि सभाको बिहीबारको बैठकमा पार्टी महामन्त्री विपिनकुमार आचार्यले विरोध जनाएका हुन् । उनले फरक विचार राखेकै आधारमा सांसदलाई धम्की दिने तथा हिंसात्मक गतिविधिको चेतावनी दिने कुरा कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने बताए । उनले अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको आधारभूत पक्ष भएको उल्लेख गर्दै फरक विचार राखेकै कारण सांसदविरुद्ध लतार्ने, घिसार्ने, घर जलाउने र रक्तपात मच्चाउनेजस्ता धम्की आउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको पनि बताए । उनले उक्त कार्यमा संलग्नलाई तत्काल कानूनी कारबाहीमा ल्याउन आफूले गृह मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयलाई अनुरोध गरिसकेको पनि सदनलाई जानकारी गराए । उनले तथ्यमा आधारित भएर बोल्ने सांसदलाई संसद्ले निर्भीक भएर आफ्नो धारणा राख्ने वातावरण बनाउनुपर्नेमा समेत जोड दिए।

उनले भने, ‘म तिम्रो कुरामा असहमत हुन सक्छु, तर म तिम्रो बोल्ने अधिकार रक्षाका लागि निरन्तर लडिरहन्छु,–भोल्टायरको यो भनाइले अभिव्यक्ति स्वतन्त्रताको लोकतान्त्रिक सहिष्णुताको उत्कृष्ट मापदण्ड रहेको कुरालाई औँल्याउँछ । नेपालको संविधानले पनि अभिव्यक्तिको स्वतन्त्रतालाई मौलिक हक मानेको छ । तर फरक विचार राखेकै कारण सांसदहरुविरुद्ध खुल्लमखुल्ला सिंहदरबारकै गेट अगाडि लतार्ने, घिसार्ने, घर जलाउने रक्तपात मच्चाउने जस्ता प्रथम दृष्टिमै खारजेयोग्य धम्की आउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो प्रहार हो । यी अतिवादी धम्की दिनेहरूलाई कानूनी दायरमा ल्याइयोस् भनेर मैले गृहमन्त्रीज्यू र प्रधानमन्त्रीको कार्यालयलाई आग्रह गरिसकेको छु । म चाहन्छु, यो सम्मानित सदनले तथ्यमा टेकेर बोल्ने आफ्ना हरेक सांसदलाई साहस देओस् र भनोस्, बोल्न नडराउनु हामी तपाईँसँगै छौँ ।’

यसअघि गत २३ भदौमा जेन जेड शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई लिएर सचेतक धितालले प्रश्न उठाएकी थिइन्। धितालको उक्त अभिव्यक्तिले जेन जेड शहीदको अपमान भएको भन्दै शहीद परिवारले सिंहदरबार अगाडि प्रदर्शन गरेको थियो ।

0 Comments