४ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सहकारी ठगीमा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ’ : प्रदीप ज्ञवाली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सहकारी ठगीमा संलग्न जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित सहकारी ठगीसम्बन्धी पुस्तक विमोचनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक संरक्षणको आधारमा ठगलाई जोगाउन नहुने बर्ताए । तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगीमा संलग्न पार्टी सभापति रवि लामिछानेलाई जोगाउन देशव्यापी आन्दोलन नै गरेको आरोप लगाए ।

ठगीमा संलग्नलाई जोगाउन आन्दोलन गर्ने रास्वपा पहिलो पार्टी भएको उनको भनाई छ । उनले एमालेले गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउने पनि दाबी गरे । उनले आफ्नो पार्टीसँग जोडिएका र सहकारी ठगीमा संलग्न भएको पाइएका इच्छाराज तामाङ, ढोरपाटनका मेयर देवकुमार नेपाली र सहकारी विभागका पूर्वप्रमुख केबी उप्रेतीलाई कारबाही गरेको उल्लेख गरे । उनले कुनै राजनीतिक दलका नेतामाथि कानुनी कारबाही हुँदा त्यसलाई स्वीकार गरेर कानुनलाई सहयोग गर्नुपर्ने बताए । तर, सभापति पक्राउ परेपछि रास्वपाले देशव्यापी आन्दोलन गरेर ‘उपद्रव’ मच्चाएको उहाँको आरोप छ ।

उनले भने, ‘जसले ठगेका छन्, बिनामुलाहिजा उनीहरूलाई कारबाही गर्ने कुरा जरुरी छ, अहिले सहकारी पीडितहरूले जे आन्दोलन गरिरहनुभएको छ, त्यसप्रति हाम्रो ऐक्यबद्धता छ । जहाँसम्म हाम्रो कुरा हो, इच्छाराज तामाङजी हामीसँगै कुनैबेला जोडिनुभएको हुनाले मैले दुई-तीनवटा कुराहरू प्रस्ट गरौँ । पहिलो कुरा, जुन औँलामा विष लाग्छ त्यही औँला झर्छ । नेकपा एमालेका ५-६ लाख पार्टी सदस्यमध्ये सबै मान्छे असल नै छन् भन्ने म दाबी गर्दिनँ । तर गल्ती गरेको थाहा पाउँदा चाहे इच्छाराज तामाङजी होस्, चाहे ढोरपाटनको मेयर देवकुमार नेपालीजी होस्, चाहे हाम्रो सहकारी विभागमा हुनुहुन्थ्यो केबी उप्रेतीजी होस्, या अरु कोही होस् । उहाँहरूलाई पार्टीले कारबाही गरेको छ । अब पहिले नै टेस्ट गरेर यो मान्छे ठिक छ कि छैन भन्ने कतिपय कुराहरू थाहा पाउन गाह्रो होला, मान्छे व्यवहारमै चिनिने हो । सकभर गल्ती नगरुन्, गल्ती गरेको खण्डमा बिनामुलाहिजा कारबाही गर्ने नीति सबै पार्टीहरूले अवलम्बन गर्नुपर्छ । सहकारी ठगीमा विभिन्न पार्टीका मान्छेहरू कारबाहीमा परे, अरु पनि थुनिए तर कसैले चाहिँ वक्तव्य सम्म पनि निकालेनन्, कानुनलाई सहयोग गरे । तर एउटा यस्तो पार्टी आयो जसले आफ्नो सभापति थुनिएपछि देशव्यापी रूपमा आन्दोलन गरेर उपद्रव गर्ने कामहरू गर्‍यो । यो ढङ्गको एउटा विकृति पछिल्लो समय देखा परेको छ । यो एकदमै गलत कुरा हो भन्ने मलाई लाग्छ । आज यसले सबभन्दा बढी पीडित साना बचतकर्ताहरू भएका छन् ।’

उनले सहकारी ठगीका कारण सबैभन्दा बढी साना बचतकर्ता पीडित बनेको उनको भनाई छ । सहकारीबाट रकम लिएर जग्गा कारोबारमा लगाउने प्रवृत्तिले पनि सहकारी क्षेत्रमा थप समस्या देखिएको बताए । उनले सहकारी पीडितको रकम फिर्ता हुने सुनिश्चितताका लागि सरकारले आवश्यक पहल गर्नुपर्ने बताए ।

0 Comments