५ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टीभित्रै केही व्यक्तिले समस्या सिर्जना गरे’ : ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमाथि बाह्य दबाब र आक्रमण भइरहेको अवस्थामा पार्टीभित्रैका केही व्यक्तिले समस्या सिर्जना गरेको बताएका छन्।

सोमबार एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्रका असन्तुष्टि र मतभेदलाई सार्वजनिक रूपमा उठाएर विपक्षीलाई फाइदा पुग्ने गतिविधि गर्न नहुने धारणा राखे।

उनले पार्टीका आन्तरिक विषयमा छलफल गर्न पार्टीका सम्बन्धित समितिलाई प्रयोग गर्नुपर्ने बताए। पार्टीभित्रै छलफल गर्नुपर्ने विषय सञ्चारमाध्यममार्फत सार्वजनिक गर्दा संगठनको प्रतिष्ठामा असर पुग्ने र विपक्षीको मनोबल बढ्ने उनको भनाइ थियो।

‘हामीमाथि बाहिरबाट हमला भइरहेको बेला एकजुट भएर त्यसको सामना गर्नुपर्ने थियो। तर पार्टीभित्रै केही व्यक्ति र तत्व समस्या सिर्जना गर्न लागिपरे,’ ओलीले भने।

उनले पार्टी अध्यक्ष हटाउनुपर्ने, नेतृत्व असान्दर्भिक भइसकेको लगायतका अभिव्यक्ति सार्वजनिक रूपमा दिने प्रवृत्तिप्रति असन्तुष्टि जनाए।

‘पार्टीमा हुनुहुन्छ भने पार्टीमै छलफल गर्नुस्। बाहिर गएर पार्टीको प्रतिष्ठा कमजोर पार्ने र विपक्षीलाई खुसी बनाउने खालका गतिविधि हुनु हुँदैन,’ उनले भने।

ओलीले पार्टीभित्र देखिएको अराजकता नियन्त्रण गर्दै संगठनलाई थप अनुशासित र एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।

उनका अनुसार पछिल्लो परिस्थितिमा पार्टीलाई अनुशासित ढंगले सञ्चालन गर्नु र आन्तरिक समस्या पार्टीको विधि तथा संरचनाभित्रै समाधान गर्नु आवश्यक छ।

0 Comments