५ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भटमास तेलको नयाँ मापदण्ड प्रस्ताव : प्रशोधित मात्रै प्रत्यक्ष खान मिल्ने, प्रशोधनपूर्व र श्रेणी-१ प्रत्यक्ष उपभोगका लागि नहुने

भटमास तेलको नेपाल गुणस्तर संशोधन मस्यौदाले प्रशोधित तेललाई मात्रै प्रत्यक्ष उपभोगयोग्य प्रस्ताव गरेको छ। ढुसीजन्य विष, विलायकको अवशेष, फस्फोरस, विषाक्त धातु, प्याकेजिङ, लेबलिङ र अतिरञ्जित विज्ञापनसमेत नियमन गर्ने प्रस्ताव छ।

अ+ अ-

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले भटमास तेलसम्बन्धी नेपाल गुणस्तर १०३:२०४२ को पहिलो संशोधन, २०८३ को मस्यौदा तयार गरेको छ। मस्यौदामा खाने प्रयोजन तथा वनस्पति र प्रशोधित तेल उत्पादनमा प्रयोग हुने भटमास तेलको गुणस्तर, नमुना संकलन र परीक्षणसम्बन्धी व्यवस्था प्रस्ताव गरिएको छ।

मस्यौदा अनुसार विलायक प्रयोग गरी निकालिएको भटमास तेललाई प्रशोधित, प्रशोधनपूर्व र श्रेणी-१ गरी तीन श्रेणीमा वर्गीकरण गरिएको छ। तीमध्ये प्रशोधित भटमास तेल मात्रै प्रत्यक्ष खाने प्रयोजनका लागि उपयुक्त हुने उल्लेख छ। प्रशोधनपूर्व र श्रेणी-१ तेल भने वनस्पति तथा प्रशोधित तेल बनाउन मात्र प्रयोग गर्न सकिने र प्रत्यक्ष खाने प्रयोजनका लागि उपयुक्त नहुने प्रस्ताव छ।

मिसावटदेखि ढुसीजन्य विषसम्म सीमा
भटमास तेल राम्रो गुणस्तरको भटमासबाट विलायक प्रयोग गरी निकालिएको हुनुपर्नेछ। प्रशोधित र श्रेणी-१ तेल उत्पादनमा खाद्यस्तरको हेक्सेन प्रयोग गर्नुपर्ने मस्यौदामा उल्लेख छ।

तेल सफा तथा मिसावटरहित हुनुपर्ने र त्यसमा थेग्रान, तैरिएका तथा अन्य बाह्य पदार्थ, छुट्टिएको पानी तथा थपिएको रङ र स्वादजन्य पदार्थ हुनु नहुने प्रस्ताव छ। तेलको स्वाद र गन्ध स्वीकार्य हुनुपर्ने तथा पेरोक्साइड मान प्रतिकिलो १० मिलिइक्विभ्यालेन्टभन्दा बढी हुन नहुने व्यवस्था प्रस्ताव गरिएको छ।

तेलमा अफ्लाटक्सिन प्रतिकिलो ३० माइक्रोग्रामभन्दा बढी हुन नहुने प्रस्ताव छ। धातुजन्य प्रदूषक तथा विषादीको अवशेषसमेत सरकारले तोकेको खाद्य पदार्थको अनिवार्य गुणस्तरको सहनशीलता सीमाभन्दा बढी हुन नहुने उल्लेख छ।

हेक्सेन अधिकतम ५ पीपीएम
प्रशोधित तेलमा चिस्यान तथा अघुलनशील अशुद्धता अधिकतम ०.१० प्रतिशत तथा प्रशोधनपूर्व र श्रेणी-१ मा अधिकतम ०.५ प्रतिशत प्रस्ताव गरिएको छ। अम्लीय मान प्रशोधित तेलमा अधिकतम ०.५ तथा प्रशोधनपूर्व र श्रेणी-१ मा अधिकतम २.५ प्रस्ताव छ।

प्रशोधित तेलमा हेक्सेन अधिकतम ५ पीपीएम प्रस्ताव गरिएको छ। फस्फोरसको मात्रा प्रशोधित तेलमा अधिकतम १२ पीपीएम र प्रशोधनपूर्व तेलमा अधिकतम २०० पीपीएम प्रस्ताव गरिएको छ।

विषाक्त धातुतर्फ सिसा र आर्सेनिक अधिकतम ०.१-०.१ मिलिग्राम प्रतिकिलो, क्याडमियम १.० मिलिग्राम प्रतिकिलो र कुल पारो ०.२५ मिलिग्राम प्रतिकिलो प्रस्ताव गरिएको छ।

प्रत्यक्ष खान नमिल्ने तेल उपभोक्ता प्याकमा राख्न नपाइने
एक पटक प्रयोग भइसकेका टिन वा प्लास्टिकका भाँडामा खाने तेल तथा बोसो पुनः प्याक गर्न नपाइने प्रस्ताव छ। प्रत्यक्ष खाने प्रयोजनका लागि उपयुक्त नभएका तेललाई उपभोक्ता प्याकमा राख्नसमेत नपाइने व्यवस्था मस्यौदामा छ।

त्यस्ता तेलको प्याकेट वा भाँडामा ‘प्रत्यक्ष खाने प्रयोजनका लागि होइन’ भन्ने चेतावनी कम्तीमा ५० मिलिमिटर आकारको अक्षरमा स्पष्ट रूपमा राख्नुपर्ने प्रस्ताव गरिएको छ।

अतिरञ्जित दाबीमा रोकको प्रस्ताव
मस्यौदाले खाने तेलको प्याकेट, लेबल वा विज्ञापनमा ‘अति प्रशोधित’, ‘अतिरिक्त प्रशोधित’, ‘दोहोरो प्रशोधित’, ‘कोलेस्ट्रोलविरोधी’, ‘कोलेस्ट्रोल घटाउने’, ‘मुटुमैत्री’ र ‘सन्तृप्त बोसोरहित’ जस्ता उत्पादनको गुणस्तर वा स्वास्थ्यसम्बन्धी प्रभावलाई अतिरञ्जित गर्ने अभिव्यक्ति प्रयोग गर्न नपाइने प्रस्ताव गरेको छ।

0 Comments