काठमाडौँ । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. कृष्णप्रसाद पौडेलले सम्हालेका छन्।
स्वास्थ्य मन्त्री निशा मेहताले गत शुक्रबार गरेको मन्त्रीस्तरीय निर्णयबाट डा. पौडेललाई विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको हो। उनले मंगलबारदेखि विभागमा औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले डा. पौडेलले विभागको निमित्त महानिर्देशकका रूपमा जिम्मेवारी सम्हालेको जानकारी दिए।
डा. पौडेल यसअघि सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत थिए। त्यहाँबाट उनलाई विभागको नेतृत्वको जिम्मेवारी दिइएको हो।
यसअघि स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. अनुज भट्टचनले सम्हाल्दै आएका थिए। नयाँ जिम्मेवारीसँगै डा। पौडेलले विभागअन्तर्गतका स्वास्थ्य सेवा तथा प्रशासनिक कार्यको नेतृत्व गर्नेछन्।






