६ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्वपूर्ण’ : सञ्चार मन्त्री डा. तिमिल्सिना

अ+ अ-

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले भाषा, साहित्य, संस्कृति र कलाको संरक्षण, संवर्द्धन, उत्थान तथा प्रवर्द्धनमा साहित्यिक पत्रकारिता क्षेत्रले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताएका छन् ।

नेपाल साहित्यिक पत्रकार संघका प्रतिनिधिसँग आज मन्त्रालयमा भएको भेटका क्रममा उनले साहित्यिक पत्रकारिता समाजका भाषा, संस्कृति, कला र साहित्यलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्‍याउने महत्वपूर्ण माध्यम भएको बताए ।

सञ्चार मन्त्री डा. तिमिल्सिनाले विभिन्न भाषाभाषी तथा मातृभाषामा प्रकाशित हुने पत्रपत्रिकाले सम्बन्धित समुदायको भाषा, संस्कृति र सामाजिक अवस्थाबारे बुझ्न सहज बनाउने उल्लेख गरे । उनले दुर्गम तथा ग्रामीण क्षेत्रबाट हुने पत्रकारितालाई समेत राज्यले प्राथमिकताका साथ हेर्ने बताए ।

साहित्यिक पत्रकार संघले साहित्यिक, सांस्कृतिक, कलात्मक तथा मातृभाषाका पत्रपत्रिकाका लागि छुट्टै मापदण्ड बनाउने, साहित्यिक अनलाइन पत्रिकालाई समेत वर्गीकरणको मापदण्डभित्र समेटिनुपर्ने, पत्रपत्रिकाको ढुवानीमा देखिएका समस्या समाधान गर्न हुलाक सेवामार्फत आवश्यक सहजीकरण गरिनुपर्नेलगायतका सुझाव दिएको छ ।

साथै, साहित्यिक पत्रकारिताको विकास र प्रवर्द्धनका लागि राज्य तथा सम्बन्धित क्षेत्रबीच सहकार्य आवश्यक रहेको पनि संघको भनाई छ ।

0 Comments