६ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रम स्वीकृतिबिनै एक यात्रु कुवेत उडेपछि अध्यागमन अधिकृतमाथि छानबिन, विभागमा तानिए

अ+ अ-

काठमाडौँ । श्रम स्वीकृति नलिई एक नेपाली नागरिक कुवेत प्रस्थान गरेको घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक अध्यागमन अधिकृत छानबिनमा तानिएका छन्।

सोमबार विमानस्थलबाट कुवेत प्रस्थान गरेका ती यात्रुका सम्बन्धमा शंका लागेपछि अनुसन्धान अघि बढाइएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा उनले कुवेत जान आवश्यक श्रम स्वीकृति नलिएको पाइएको बताइएको छ।

विमानस्थलको नेपाली पोर्ट प्रणाली तथा सिसिटिभी फुटेज अध्ययन गर्दा ती यात्रु बिहान करिब साढे ६ बजे अध्यागमन क्षेत्रमा प्रवेश गरेको देखिएको छ। अध्यागमन डेस्कमा उनले करिब आधा घण्टा बिताएको र सो क्रममा अर्को व्यक्तिसँग कुराकानी गरेकोसमेत फुटेजमा देखिएको जनाइएको छ।

त्यसपछि करिब ७ बजेर १० मिनेटमा उनलाई प्रस्थान अनुमति दिइएको थियो। तर घटनापछि गरिएको जाँचमा ती यात्रुको श्रम भिसासमेत प्रणालीमा नदेखिएको पाइएको छ। श्रम स्वीकृतिका लागि प्रक्रिया अघि बढाइएको भए पनि स्वीकृति प्राप्त भएको नदेखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ।

घटनाको अनुसन्धानका क्रममा ती यात्रुले जापानमा रहेका एक व्यक्तिसँग रकमसम्बन्धी कारोबार गरेको तथ्यसमेत फेला परेको जनाइएको छ। यससँगै यात्रुलाई प्रस्थान अनुमति दिने क्रममा अध्यागमनतर्फबाट भएको प्रक्रियामाथि पनि प्रश्न उठेको छ।

यात्रुलाई प्रस्थान अनुमति दिने क्रममा सम्बन्धित अध्यागमन अधिकृतको भूमिका शंकास्पद देखिएपछि उनलाई विमानस्थलबाट अध्यागमन विभागमा तानिएको छ। घटनाको थप छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत पत्राचार गरिएको जनाइएको छ।

घटनामा यात्रु र अध्यागमन अधिकृतबीच कुनै गैरकानुनी मिलेमतो भएको हो वा प्रक्रियागत कमजोरीका कारण श्रम स्वीकृतिबिनै प्रस्थान अनुमति दिइएको हो भन्ने विषय भने थप अनुसन्धानपछि स्पष्ट हुने देखिएको छ।

0 Comments