७ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३ संसदमा दर्ता

अ+ अ-

काठमाडौँ । मधेश प्रदेशमा स्वास्थ्य विज्ञानको उच्चस्तरीय अध्ययन, अनुसन्धान तथा दक्ष जनशक्ति उत्पादनका लागि रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक, २०८३ संघीय संसद्मा दर्ता भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रतिनिधि सभामा विधेयक दर्ता गएकी हुन्।

नेपालको संविधानले प्रत्याभूत गरेको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा आवश्यक लगानी अभिवृद्धि गर्दै गुणस्तरीय स्वास्थ्य शिक्षा, अध्ययन तथा अनुसन्धानको विस्तार र सर्वसुलभ स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले विधेयक तर्जुमा गरिएको मन्त्री मेहताले बताएकी छन्।

संघीय संरचना अनुसार स्वास्थ्य क्षेत्रमा सन्तुलित विकास गर्ने उद्देश्यले अन्य प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना तथा सञ्चालनमा रहेकाले मधेश प्रदेशमा समेत स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरी सञ्चालन गर्न आवश्यक देखिएको मन्त्रालयले जनाएको छ। प्रतिष्ठान स्थापना तथा सञ्चालनका लागि यसअघि नै रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति (गठन) आदेश, २०८० जारी भई पूर्वाधार विकासको कामसमेत अघि बढिरहेको छ।

विधेयकअनुसार प्रतिष्ठानको केन्द्रीय कार्यालय सप्तरी जिल्लाको राजविराज नगरपालिकामा रहनेछ। प्रतिष्ठान स्वशासित संस्था हुने तथा अविच्छिन्न उत्तराधिकारवाला स्वशासित संस्थाका रूपमा कानुनी व्यक्तित्व प्राप्त गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

विधेयकमा प्रतिष्ठानको स्थापना तथा स्वरूप, पदाधिकारी, सभा, कार्यकारी परिषद् र प्राज्ञिक परिषद्को गठन तथा काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था गरिएको छ।

मधेश प्रदेशमा स्वास्थ्य विज्ञानको उच्चस्तरीय शिक्षा तथा अनुसन्धानको विकाससँगै आवश्यक दक्ष जनशक्ति उत्पादन र सर्वसाधारणलाई सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी कानुनी आधार तयार गर्न विधेयक दर्ता गरिएको मन्त्रालयले जनाएको छ।

0 Comments