८ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संयुक्त राष्ट्रसंघमा इरानी राष्ट्रपतिको कडा धारणा

अ+ अ-

एजेन्सी । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राष्ट्रसंघको महासभामा बुधबार सम्बोधन गर्दै अमेरिकी आक्रमणको आलोचना गरेका छन् । उनले इरानी जनता अमेरिकाको ‘आतङ्कवादको सिकार’ भएको बताउँदै इरान वार्ता र कूटनीतिका लागि तयार रहे पनि बल प्रयोगको दबाब स्वीकार नगर्ने स्पष्ट पारेका छन् ।

करिब सात महिनादेखि जारी युद्धका बीच महासभामा सम्बोधन गरेका पेजेस्कियानले दिवङ्गत सर्वोच्च नेता अली खामेनी तथा युद्धको सुरुआती दिनमा मारिएका १५० भन्दा बढी विद्यालयका विद्यार्थीका तस्बिर प्रदर्शन गरेका थिए। उनले इरानले आफ्नो रक्षा मात्र गरेको दाबी गर्दै भने, “हामी आतंकवादी होइनौँ । हाम्रा निर्दोष जनता कायरतापूर्ण आक्रमणको लक्ष्य बनेका छन्”, अमेरिकातर्फ संकेत गर्दै उनले भने, “उनीहरूले हामीलाई प्रहार गरे, तर हामीले घुँडा टेकेका छैनौँ ।”

पेजेस्कियानको सम्बोधन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक दिनअघि इरानसँग छिट्टै सम्झौता नभए इस्लामिक गणतन्त्रलाई ‘नष्ट’ गर्न सकिने चेतावनी दिएको पृष्ठभूमिमा आएको हो । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानले आणविक कार्यक्रम र आतङ्कवादसम्बन्धी नीतिमा परिवर्तन गर्नुपर्ने बताउँदै अन्यथा सैन्य कारबाहीसहित विभिन्न विकल्प प्रयोग गर्न सकिने बताएका छन् ।

यसअघि ट्रम्पका प्रमुख दूत स्टिभ विटकफ र जारेड कुसनरले इरानी अधिकारीहरूसँग गरेको भेटलाई उनले ‘धेरै राम्रो बैठक’ बताएका थिए । तर इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले त्यस्तो सम्पर्कमा नयाँ कुरा नभएको बताएका छन् । अमेरिकासँगको सम्भावित वार्तालाई लिएर इरानभित्रै पनि मतभेद देखिएको छ । केही नेताले विदेश मन्त्री अब्बास अराघचीको आलोचना गरेका छन् ।

यसैबीच, अमेरिकी समर्थन प्राप्त ‘बोर्ड अफ पिस’ ले गाजाको पुनर्निर्माण र शासन व्यवस्था अघि बढाउन छ महिनाका लागि दुई अर्ब ४५ करोड अमेरिकी डलरको योजना प्रस्ताव गरेको छ । योजनामा पूर्वाधार, शिक्षा र स्वास्थ्यसम्बन्धी ६६ परियोजना समेटिएका छन् । बोर्डका अनुसार गाजाको पुनर्निर्माणका लागि मध्यम अवधिमा करिब ३५ अर्ब २० करोड डलर आवश्यक पर्नेछ भने आगामी १० वर्षमा थप ७१ अर्ब ४० करोड डलर खर्च हुन सक्नेछ ।

उता, हर्मुज जलघाँटीमा बुधबार अर्को कार्गो जहाज अज्ञात प्रक्षेप्यबाट प्रहार भएको बेलायती समुद्री व्यापार सञ्चालन निकायले जनाएको छ । घटनामा दुई जनाको मृत्यु भएको, आगलागीपछि चालकदलले जहाज छाडेको र जहाज डुबेको जनाइएको छ । युद्धका कारण महत्त्वपूर्ण यस जलमार्गमा व्यावसायिक आवागमनसमेत प्रभावित भएको छ ।

यसैबीच, कब्जामा रहेको वेस्ट ब्यांकमा अमेरिकी राजदूत येचिएल लेइटरका छोरा तथा इजरायली सेनाका रिजर्भ सैनिक नेरिया लेइटर गम्भीर घाइते भएका छन् । इजरायली अधिकारीका अनुसार एक प्यालेस्टिनी व्यक्तिले बेइट होरोन नजिकको सुरक्षा चौकीमा कार ठोक्काउँदा उनी घाइते भएका थिए । भाग्न खोज्ने ती व्यक्तिलाई इजरायली सेनाले गोली हानेर मारेको जनाइएको छ ।

अर्कोतर्फ, इजरायलको निर्वाचन आयोगले अर्को महिना हुने संसदीय निर्वाचनमा प्रमुख अरब राजनीतिक दल तथा उम्मेदवारलाई सहभागी हुन अयोग्य ठहर गर्ने पक्षमा मतदान गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीसहित दुई दक्षिणपन्थी दलको अनुरोधमा भएको उक्त निर्णयविरुद्ध रामका नेता मन्सुर अब्बासले सर्वोच्च अदालतमा अपिल गर्ने बताएका छन् । अक्टोबर ७, २०२३ को हमास नेतृत्वको आक्रमणपछि इजरायलमा हुन लागेको यो पहिलो संसदीय निर्वाचन हुनेछ ।

0 Comments