८ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनाको हवाई साधनबाट ४ हजार २४२ जनाको उद्धार, ड्रोनमार्फत ३६ हजार किलो राहत ढुवानी

अ+ अ-

काठमाडौँ। नेपाली सेनाले बाढी पहिरो प्रभावित क्षेत्रबाट हवाई साधनमार्फत हालसम्म ४ हजार २४२ जनाको उद्धार गरेको जनाएको छ। सेनाले असोज ८ गते साँझ ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै उद्धार गरिएकामध्ये ३ हजार ९५९ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेको बताएको हो।

सडक सम्पर्क विच्छेद भएका रसुवा र नुवाकोटका प्रभावित स्थानमा सेनाले ड्रोनमार्फत राहत तथा अत्यावश्यक सामग्री पुर्‍याइरहेको छ। सेनाका अनुसार हालसम्म ड्रोनबाट ३६ हजार ३१७ किलोग्राम सामग्री ढुवानी गरिएको छ। रसुवा र नुवाकोटका त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान र मान्चेतलगायत स्थानमा आधार स्थापना गरी पैदल गस्तीबाट खोजी कार्य पनि भइरहेको छ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा पूर्वी र पश्चिम नवलपरासीका प्रभावित क्षेत्रमा ८ हजार २ सयभन्दा बढी सैनिक प्रत्यक्ष खटिएको सेनाले जनाएको छ। उनीहरूले अन्य निकायसँगको समन्वयमा खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत ढुवानी, अवरुद्ध सडक र पुल सञ्चालनमा ल्याउने काम तथा आपत्कालीन उपचार गरिरहेका छन्।

बेत्रावती नदीमा पुल जडानको तयारीका लागि उत्तरगया स्कुलदेखि बेत्रावती पुलसम्म चट्टान काट्ने र विस्फोटन गर्ने काम गरी करिब २०० मिटर ट्र्याक खोलिएको छ। सेनाका अनुसार उक्त ट्र्याक करिब ४.५ मिटर चौडा छ।

सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल गस्तीबाट असोज ८ गते १० जनाले स्वास्थ्य सेवा लिएका छन्। ती सेवाबाट हालसम्म ४ हजार ४१ जना लाभान्वित भएको सेनाको विवरणमा उल्लेख छ।

0 Comments