९ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालिकोटमा कर्णाली करिडोर र कालिकोट-जुम्ला सडकमा सवारी आवागमन बन्द

अ अ+ अ-

काठमाडौँ । लगातारको वर्षाका कारण सडक तथा राजमार्गमा बाढी र पहिरोको जोखिम बढेपछि कालिकोटमा दुई प्रमुख सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय कालिकोटले शुक्रबारदेखि कर्णाली करिडोर र कालिकोट–जुम्ला सडक खण्डमा अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको हो।

कार्यालयले असोज ९ गते जारी गरेको सूचनाअनुसार असोज ८ गते रातिदेखि जिल्लामा अविरल वर्षा भइरहेको छ। वर्षाका कारण सडक तथा राजमार्गमा बाढी र पहिरोको उच्च जोखिम रहेकाले मानवीय तथा भौतिक क्षति हुन नदिन सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो।

जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्म रोक कायम रहने जनाएको छ। अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सवारी साधन सञ्चालन नगर्न तथा नगराउन पनि प्रशासनले सम्बन्धित सबैलाई आग्रह गरेको छ।

नेपाल मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विशेष मौसमी बुलेटिनमार्फत जनाएको थियो। सोही मौसमी अवस्थालाई ध्यानमा राख्दै प्रशासनले सडक सुरक्षाका लागि आवागमनमा रोक लगाएको हो।

0 Comments