११ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् ट्रान्सफर्मरमा टाँसिएको अवस्थामा चितुवा मृत फेला

अ अ+ अ-

नारायणगढ (चितवन) । चितवनको रामपुरस्थित कृषि क्याम्पस परिसरमा रहेको विद्युत् ट्रान्सफर्मरमा टाँसिएको अवस्थामा एक चितुवा मृत फेला परेको छ । शनिबार गरिएको पोस्टमार्टमबाट चितुवाको मृत्यु करेन्ट लागेर भएको पुष्टि भएको हो ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार करिब १० महिनाको पोथी चितुवा ट्रान्सफर्मरमा टाँसिएको अवस्थामा मृत फेला परेको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको जैविक विविधता संरक्षण केन्द्र, सौराहाका पशु चिकित्सक एवं प्राविधिकको टोलीले चितुवाको शवको अध्ययन तथा पोस्टमार्टम गरेको थियो । केन्द्रका पशु चिकित्सक डा. अमिर सडौलाका अनुसार पोस्टमार्टमबाट चितुवाको मृत्यु  करेन्ट लागेर भएको पुष्टि भएको हो ।

गत असार साउनमा रामपुर बस्ती क्षेत्रमा बच्चासहित माउ चितुवा देखिएको थियो । त्यसपछि डिभिजन वन कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको जैविक विविधता संरक्षण केन्द्रको पहलमा एउटा बच्चा भाले चितुवा नियन्त्रणमा लिएर अहिले संरक्षण केन्द्रमा राखिएको छ ।

गत असारदेखि विशेषगरी भरतपुर महानगरपालिका–१५ र ५ नम्बर वडामा चितुवाको चहलपहल बढेको थियो । कृषि तथा वनविज्ञान विश्वविद्यालय आसपासका झाडी तथा पोल्ट्री फार्ममा चितुवा देखिएपछि डिभिजन वन कार्यालयले नियन्त्रणका लागि सक्रियता बढाएको थियो ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी पौडेलका अनुसार चितुवा नियन्त्रणका लागि दिउँसो ड्रोन उडाउने, सिसी क्यामेरा जडान गर्ने, खोर (केज) ट्रयापिङ तथा खुट्टा ट्रयापिङ (लेग ट्रयाप) प्रयोग गर्ने गरिएको छ । यस क्रममा दुईवटा बच्चामध्ये एउटालाई रामपुर नजिकैको झाडीबाट नियन्त्रणमा लिएर राष्ट्रिय प्रकृति संरक्षण कोषमा राखिएको छ । माउ चितुवा भने अर्को बच्चासहित अझै बस्ती क्षेत्रमा देखिँदै आएको थियो । आज मृत फेला परेको चितुवा यसै समूहको बच्चा हुनसक्ने सम्भावना रहेको डा. सडौलाले बताए ।

0 Comments