११ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी प्रभावित क्षेत्रमा रेडक्रसको एक महिनाको काम : २ हजार २९१ परिवारको सम्पर्क पुन:स्थापनामा सहजीकरण

अ अ+ अ-

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले बाढी प्रभावित क्षेत्रमा विपद्पछि एक महिनाको अवधिमा सञ्चालन गरेका खोज, उद्धार, राहत, स्वास्थ्य तथा पुन:स्थापनासम्बन्धी गतिविधिको विवरण सार्वजनिक गरेको छ ।

रेडक्रसका अनुसार विपद् लगत्तै आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय पारेर प्रभावित क्षेत्रमा खोज, उद्धार तथा आवश्यकताको पहिचानका लागि स्वयंसेवक परिचालन गरिएको थियो । अध्यक्ष डा. विशालकुमार भण्डारीको नेतृत्वमा नुवाकोटको विदुरसहित प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय गरिएको संस्थाले जनाएको छ ।

रेडक्रसले सार्वजनिक गरेको विवरण अनुसार प्रभावित परिवारलाई १ हजार २ सय १८ सेट गैरखाद्य सामग्री, ५ सय ६३ थान त्रिपाल, ७ सय १ थान म्याट्रेस र १ हजार ३ सय २४ थान कम्बल वितरण गरिएको छ । यस्तै, २ हजार प्रभावित परिवारलाई खाद्य सामग्री उपलब्ध गराइएको छ ।

२ हजार २ सय घरधुरीमा खानेपानी सेवा
बाढी प्रभावित क्षेत्रमा खानेपानी तथा सरसफाइलाई प्राथमिकता दिँदै २ हजार २ सय घरधुरीमा सेवा पुर्‍याइएको रेडक्रसले जनाएको छ ।

यसका लागि विभिन्न स्थानमा १८ वटा पानी ट्यांकी स्थापना गरिएको तथा आवश्यकता भएका ठाउँमा ट्यांकरमार्फत पानी वितरण गरिएको थियो । प्रभावित परिवारलाई १ हजार ८७ वटा स्वच्छता किट र ५ सय ८७ वटा मर्यादा किटसमेत वितरण गरिएको छ ।

आपत्कालीन स्वास्थ्य क्लिनिकमार्फत १ हजार २ सय ३९ जनाको स्वास्थ्य परीक्षण गरी औषधि सेवा उपलब्ध गराइएको छ । मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगतर्फ १ हजार ७ सय १० जनालाई सेवा प्रदान गरिएको विवरणमा उल्लेख छ ।

४ सय ६० घरधुरीलाई नगद सहायता
रेडक्रसले धादिङका १ सय ९८ र नुवाकोटका २ सय ६२ गरी ४ सय ६० घरधुरीलाई बहुउद्देश्यीय नगद सहायता उपलब्ध गराएको छ ।

बालबालिकाको संरक्षणलाई लक्षित गरी सञ्चालन गरिएका बालमैत्री सुरक्षित स्थानबाट १ हजार १ सय ८९ बालबालिकाले सेवा प्राप्त गरेका छन् ।

बाढीपछि परिवारबाट छुट्टिएका तथा सम्पर्कविहीन व्यक्तिको खोजी र पारिवारिक सम्पर्क पुन:स्थापनाका लागि २ हजार २ सय ९१ वटा केसमा सहजीकरण गरिएको रेडक्रसले जनाएको छ ।

यस्तै, शव व्यवस्थापनका लागि सुरक्षा निकायलाई २ हजार थान शव व्यवस्थापन ब्याग उपलब्ध गराइएको छ । प्रभावित तथा सहायता आवश्यक भएका नागरिकलाई सूचना र सेवा उपलब्ध गराउन १७ स्थानमा सहायता तथा सूचना डेस्कसमेत सञ्चालन गरिएको छ ।

पुन:स्थापना र पुनर्लाभमा जोड
रेडक्रसले विपद्बाट विस्थापित परिवारको आवश्यकता र प्राथमिकताका आधारमा आगामी दिनमा राहत तथा सहयोगलाई निरन्तरता दिने जनाएको छ ।

अध्यक्ष भण्डारीका अनुसार तत्कालीन राहतसँगै प्रभावित परिवारको पुन:स्थापना र पुनर्लाभका कार्यक्रमलाई अघि बढाइनेछ । त्यसअन्तर्गत आवास, स्वास्थ्य, जीविकोपार्जन तथा खानेपानीको क्षेत्रमा आवश्यकताका आधारमा थप कार्यक्रम सञ्चालन गर्ने योजना रहेको रेडक्रसले जनाएको छ ।

यसैबीच, रेडक्रसले सार्वजनिक गरेको विवरणमा सरकारी तथ्यांक उद्धृत गर्दै बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका प्रभावित जिल्लामा ठूलो मानवीय क्षति भएको उल्लेख गरेको छ । विपद्पछिको खोज, उद्धार र राहतसँगै बेपत्ता व्यक्तिको खोजी तथा परिवारसँग पुन:सम्पर्क स्थापित गर्ने कार्यलाई समेत प्राथमिकतामा राखिएको रेडक्रसले जनाएको छ ।

0 Comments