११ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य अपरिहार्य’ : उपकुलपति डा. थापा

अ अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापाले विश्वविद्यालयबाट प्राप्त हुने प्राज्ञिक ज्ञानलाई व्यावहारिक व्यवस्थापन र प्रशासनिक सीपसँग जोड्न विश्वविद्यालय तथा तालिम प्रतिष्ठानबीचको सहकार्य आवश्यक रहेको बताएका छन् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को ४४औँ वार्षिकोत्सवका अवसरमा ललितपुरमा आयोजित समारोहलाई सम्बोधन गर्दै डा. थापाले उच्च शिक्षा र व्यावहारिक तालिमलाई अलग–अलग रूपमा अघि बढाउँदा प्रशासनिक क्षमता अभिवृद्धिको उद्देश्य पूर्ण हुन नसक्ने बताए ।

उनले विश्वविद्यालयले प्रदान गर्ने सैद्धान्तिक ज्ञान मात्रै प्रशासनिक तथा व्यवस्थापकीय जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न पर्याप्त नहुने धारणा राखे । विशेषगरी निजामती तथा सुरक्षा क्षेत्रलगायतका सार्वजनिक संस्थामा कार्यरत जनशक्तिलाई कामको प्रकृति र जिम्मेवारीअनुसार निरन्तर तालिम तथा व्यावहारिक प्रशिक्षण आवश्यक पर्ने उनको भनाइ थियो ।

डा. थापाले आफू प्राज्ञिक वातावरणबाट प्रशासनिक जटिलता बोकेको विश्वविद्यालयको नेतृत्वमा पुगेको प्रसंग उल्लेख गर्दै व्यवस्थापकीय दक्षताको निरन्तर विकास आवश्यक रहेको बताए ।

उनका अनुसार ठूला तथा जटिल संस्थामा जिम्मेवारी सम्हाल्ने व्यक्तिसँग विषयगत ज्ञान मात्र भएर पुग्दैन । निर्णय प्रक्रिया, संस्थागत व्यवस्थापन तथा प्रशासनिक कार्यसम्पादनका लागि आवश्यक सीपसमेत विकास गर्नुपर्ने हुन्छ ।

विश्वविद्यालयमा देखिने प्रशासनिक समस्यामा तालिमको भूमिका
उपकुलपति डा. थापाले त्रिभुवन विश्वविद्यालयमा देखिएको बेरुजुको विषयलाई विश्वविद्यालयभित्र प्राज्ञिक र प्रशासनिक दक्षताबीचको सम्बन्ध बुझाउने उदाहरणका रूपमा प्रस्तुत गरे ।

उनले ठूलो परिमाणमा बेरुजु देखिनुमा सम्बन्धित व्यक्तिले जानाजान गलत काम गरेको भन्दा पनि शिक्षक तथा प्राज्ञिक जनशक्तिले प्रशासनिक जिम्मेवारी सम्हाल्दा आवश्यक व्यवस्थापकीय ज्ञान र प्रक्रियागत दक्षताको कमीका कारण समस्या उत्पन्न हुन सक्ने बताए ।

प्राज्ञिक क्षेत्रमा दक्ष व्यक्ति प्रशासनिक जिम्मेवारीमा पुगेपछि उसले प्रशासनिक तथा व्यवस्थापकीय सीप पनि निरन्तर विकास गर्नुपर्ने उनको भनाइ थियो ।

डा. थापाले विश्वविद्यालय र तालिम प्रदायक संस्थाबीचको सम्बन्धलाई संस्थागत गर्दै दुवै पक्षले एक–अर्काका अनुभवबाट सिक्ने वातावरण बनाउनुपर्ने बताए ।

उनले त्रिभुवन विश्वविद्यालय र प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलगायतका तालिम संस्थालाई सहकार्यको ढाँचामा अघि बढाउन सके प्राज्ञिक ज्ञान र व्यावहारिक व्यवस्थापनबीचको दूरी घटाउन सकिने बताए ।

प्रशासनिक दक्षता निरन्तर सिकाइको विषय
डा. थापाले प्रशासनिक तथा व्यवस्थापकीय दक्षता एक पटकको अध्ययन वा तालिमबाट मात्र हासिल हुने विषय नभएको बताए ।

समय, प्रविधि, संस्थागत आवश्यकता र प्रशासनिक अभ्यासमा आउने परिवर्तनअनुसार कर्मचारी तथा व्यवस्थापकले आफूलाई निरन्तर परिमार्जन गर्दै लैजानुपर्ने उनको भनाइ थियो ।

विश्वविद्यालय र तालिम प्रतिष्ठानले आ-आफ्नो क्षेत्रको अनुभव, ज्ञान र अभ्यास आदानप्रदान गर्दै अघि बढेमा संस्थागत क्षमता विकाससँगै राष्ट्रिय उद्देश्य हासिल गर्न समेत सहयोग पुग्ने उनले बताए ।

प्राज्ञिक ज्ञान र व्यावहारिक सीपबीच समन्वय कायम गर्दै सार्वजनिक संस्थामा कार्यरत जनशक्तिको प्रशासनिक तथा व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्न दुवै प्रकृतिका संस्थाबीच सहकार्यलाई थप व्यवस्थित गर्नुपर्नेमा उपकुलपति डा. थापाले जोड दिए ।

0 Comments