११ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राहत र उद्धार ‘युद्धस्तरमा’ अघि बढाउन सरकारलाई रवि लामिछानेको आग्रह

रास्वपा सभापति रवि लामिछानेले बेपत्ताको खोजी, घाइतेको उपचार र प्रभावित क्षेत्रमा राहत वितरण तीव्र बनाउन सरकारलाई आग्रह गरेका छन्। अवरुद्ध सडक खोल्न र घरबारविहीनको आवास व्यवस्था गर्न पनि उनले ध्यानाकर्षण गराएका छन्।

अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम ‘युद्धस्तरमा’ अघि बढाउन सरकारसँग आग्रह गरेका छन्। आइतबार जारी विज्ञप्तिमा उनले बेपत्ता नागरिकको खोजी, घाइतेको उपचार र प्रभावित परिवारसम्म राहत पुर्‍याउने कामलाई प्राथमिकता दिन ध्यानाकर्षण गराएका हुन्।

लामिछानेले अवरुद्ध राजमार्ग शीघ्र सञ्चालनमा ल्याउन र घरबारविहीन नागरिकका लागि सुरक्षित आवास तथा पुन:स्थापनाको प्रबन्ध गर्न तीनै तहका सरकारलाई आग्रह गरेका छन्। प्रतिकूल मौसमसँगै विपद्को जोखिम कायमै रहेको उल्लेख गर्दै उनले नदी तटीय र पहिरोको जोखिम भएका क्षेत्रका नागरिकलाई सतर्क रहन तथा अत्यावश्यक कामबाहेक यात्रा नगर्न अपिल गरेका छन्।

उनले विपदमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत निकायलाई धन्यवाद पनि दिएका छन्।

लामिछानेले रास्वपाका नेता, सदस्य, शुभचिन्तक तथा र्‍यापिड एक्सन टिमलाई सम्बन्धित निकायसँग समन्वय गरी प्रभावित नागरिकको सेवामा खटिन आह्वान गरेका छन्।

0 Comments