१४ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको पुँजी बजारमा बढ्दो आकर्षण, ८० लाख ९५ हजार डिम्याट खाता

अ अ+ अ-

काठमाडौँ । नेपालको धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता उत्साहजनक रूपमा विस्तार भएको छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले अर्थ समितिको बैठकमा पेश गरेको पछिल्लो तथ्यांकअनुसार देशभर डिम्याट खाता खोल्नेको संख्या ८० लाख ९५ हजार पुगेको छो । बुधवार बसेको संघीय संसदको अर्थ समितिको बैठकमा धितोपत्र बोर्डका अध्यक्ष भट्टले दिएको तथ्यांकअनुसार हालसम्म ५१ लाख २२ हजार बढी ‘मेरो सेयर’ खाता सक्रिय रहेका छन् भने गत आर्थिक वर्षको असार मसान्तसम्ममा कारोबार खाता खोल्ने लगानीकर्ताको संख्या ३५ लाख ६२ हजार नाघेको छ ।

बजारमा प्राथमिक शेयरको प्रभुत्व कायमै रहेको छ । संगठित संस्थाहरूले संकलन गरेको पुँजीमध्ये साधारण सेयरको हिस्सा ४६.२६ प्रतिशत, संस्थागत ऋणपत्रको हिस्सा ३१.०३ प्रतिशत र सामूहिक लगानी कोषको हिस्सा १४.८१ प्रतिशत रहेको छ । त्यसै गरी विशिष्टीकृत लगानी कोषको ५.१७ र अग्राधिकार सेयरको हिस्सा २.१७ प्रतिशत छ। बोर्डका अनुसार हालसम्म २० वटा विशिष्टीकृत लगानी कोषलाई ४८ अर्ब २५ करोड बराबरको पुँजी परिचालनको स्वीकृति दिइएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सूचकांक असोज १३ गतेसम्म २६०३.७१ बिन्दुमा कायम रहेको छ भने कुल बजार पुँजीकरण ४४ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ । पुँजी बजारले राज्यको राजस्वमा पनि महत्त्वपूर्ण योगदान दिइरहेको छ । आर्थिक वर्ष २०८२/८३ मा बजारबाट १५ अर्ब ६१ करोड रुपैयाँ राजश्व संकलन भएको थियो भने चालु आर्थिक वर्षको भदौ मसान्तसम्म १ अर्ब ५४ करोड राजश्व प्राप्त भएको भट्टले बताए ।

उनले भने, ‘ धितोपत्र बजारको वर्तमान अवस्थाको विषयमा हेर्ने हो भने लगानीकर्ताको सहभागिताको हिसाबले अहिले आर्थिक वर्ष ८३/८४ मा असोज १३ गतेसम्म हिजो सम्मको मितिमा ८० लाख ९५ हजारको डिम्याट खाता पुगेको देखिन्छ । मेरो शेयर खाता हेर्ने हो भने ८३/८४ को असोज १३ सम्म उक्त खाता ५१ लाख २२ हजार पुगेको देखिन्छ । कारोबार खाता हेर्ने हो भने ८२/८३ को असार मसान्तसम्म उक्त खाता खोल्ने लगानीकर्ताको संख्या ३५ लाख ६२ हजारभन्दा बढी पुगेको देखिन्छ ।

नेपालको धितोपत्र बजारमा धितोपत्र उपकरणहरूको रूपमा हामीसँग अहिले यो प्राथमिक बजारमा संगठित संस्थाले प्राथमिक बजारबाट संकलन गरेको रकममा साधारण शेयरको संख्या ४६.२६ प्रतिशत, संस्थागत ऋणपत्रको संख्या ३१.०३ प्रतिशत, सामूहिक लगानी कोषको संख्या १४.८१ प्रतिशत, विशिष्टीकृत लगानी कोषको हिस्सा ५.१७ प्रतिशत र अग्राधिकार शेयरको हिस्सा २.१७ प्रतिशत छ । ०८३/८४ को असोज मसान्तसम्म हामीले यो वर्षमा अघिल्लो वर्ष हामीले आ.व. ०८२/८३ मा असार मसान्तसम्म ५२ संस्थालाई ७९ अर्ब ७३ करोड रकम बराबरको पुँजी परिचालनको स्वीकृति दिएको छ भने अहिले ८३/८४ को असोज मसान्तसम्म हामीले चार वटा संस्थालाई ४ अर्ब ६० करोड बराबरको पुँजी परिचालनको स्वीकृति प्रदान गरेका छौँ र विशिष्टीकृत लगानी योजनाको स्वीकृति स्थिति हेर्ने हो भने हालसम्म २० वटा विशिष्टीकृत लगानी कोषलाई ४८ अर्ब २५ करोड रकम बराबरको पुँजी परिचालनको स्वीकृति प्रदान गरिएको छ । धितोपत्रको दोस्रो बजारको स्थितिमा हेर्ने हो भने नेपाल स्टक एक्सचेन्जमा अब अहिले हाम्रो पछिल्लो स्थितिमा हेर्दाखेरि नेप्से २०८३ असोज १३ सम्मको सूचकांक २६०३.७१ बिन्दुमा पुगेको छ । बजार पुँजीकरण ४४ खर्ब ७८ अर्ब पुगेको छ । र पुँजी बजारबाट सरकारी राजश्वमा योगदान हेर्ने हो भने आ.व. ०८२/८३ मा १५ अर्ब ६१ करोड र ८३/८४ को भाद्र मसान्तसम्म १ अर्ब ५४ करोड राजस्व प्राप्त भएको देखिन्छ ।’

गत आर्थिक वर्षमा ५२ वटा संस्थालाई ७९ अर्ब ७३ करोड बराबरको पुँजी परिचालन गर्न स्वीकृति दिएको बोर्डलेचालु आवको असोज मसान्तसम्म चार वटा संस्थालाई ४ अर्ब ६० करोडको पुँजी परिचालनका लागि अनुमति प्रदान गरेको छ ।

0 Comments