१४ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेको प्रविधिमा निजी कम्पनीको नियन्त्रणबारे लगानीकर्ता श्रेष्ठको प्रश्न

अ अ+ अ-

काठमाडौँ । स्वतन्त्र लगानीकर्ता अजय श्रेष्ठले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को स्वामित्वमा रहेको नेपाल अनलाइन ट्रेडिङ सिस्टम (एनओटीएस) मा निजी कम्पनीको नियन्त्रण रहेको भन्दै त्यसको स्वामित्व र सञ्चालन संरचनामाथि प्रश्न उठाएका छन्।

बुधबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा पुँजी बजारको प्रविधि विकासका विषयमा धारणा राख्दै श्रेष्ठले ट्रेडिङ प्रणालीमा खुला प्रतिस्पर्धा र प्रविधि कम्पनी तथा डेभलपरलाई सहज रूपमा सहभागी गराउने वातावरण बनाउनुपर्ने बताएका हुन्।

एनओटीएस नेप्सेको स्वामित्वमा रहेको अवस्थामा निजी कम्पनीबाट त्यसको नियन्त्रण हुनु उपयुक्त नभएको उनको भनाइ थियो। नेपालमा प्रविधि कम्पनी, दक्ष युवा जनशक्ति र डेभलपरको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै श्रेष्ठले उनीहरूलाई पुँजी बजारको प्रविधि विकासमा सहभागी गराउनुपर्नेमा जोड दिए।

उनले एपीआईमा पहुँच सीमित हुँदा नयाँ प्रविधि तथा सेवा विकासमा अवरोध पुग्ने दाबी गर्नुभयो। पुँजी बजारसँग सम्बन्धित तथ्यांकमा एकाधिकार कायम हुन नहुने भन्दै उनले नेपाल धितोपत्र बोर्ड (सेबोन)ले यस विषयमा अध्ययन गर्नुपर्ने माग गरे।

“एनओटीएस नेप्सेको स्वामित्वमा छ भने निजी कम्पनीले किन त्यसलाई नियन्त्रण गर्छ ? एपीआईको पहुँच किन प्रतिबन्धित छ ? डाटामा किन एकाधिकार छ ?” श्रेष्ठले प्रश्न गरे।

उनका अनुसार एपीआईमा सहज पहुँच उपलब्ध गराएर धेरै प्रविधि कम्पनीलाई प्रतिस्पर्धामा सहभागी गराउन सके नेपाली पुँजी बजारको प्रविधि पूर्वाधार विकासमा थप गति आउन सक्छ। उनले अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गर्दै त्यस्ता मोडल नेपालमा समेत लागू गर्न सकिने धारणा राखे।

टीएमएस कम्पनीको स्वामित्व संरचना जाँच गर्न माग
श्रेष्ठले ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) सञ्चालन गर्ने कम्पनीहरूको स्वामित्व संरचनामाथि समेत नियामकीय परीक्षण आवश्यक रहेको बताए।

टीएमएस सञ्चालन गर्ने कम्पनीका शेयरधनी नै स्टक ब्रोकरसँग सम्बन्धित रहेको अवस्थामा स्वार्थको द्वन्द्व उत्पन्न हुनसक्ने भन्दै उहाँले त्यस्तो संरचनाको अध्ययन तथा नियमन आवश्यक रहेको उल्लेख गरे।

“आफैँ शेयरधनी र आफैँ उपभोक्ता हुँदा प्रविधिको विकास हुन सक्दैन,” उनले भने।

टीएमएस सञ्चालनमा खुला प्रतिस्पर्धाको वातावरण निर्माण गर्नुपर्ने र सम्बन्धित कम्पनीहरूको स्वामित्व संरचना जाँच गरी सम्भावित स्वार्थको द्वन्द्व व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ।

श्रेष्ठले नेप्सेले आफ्नै सहायक कम्पनी स्थापना गरेर प्रविधि विकास गर्ने विकल्पसमेत अघि सार्नुभयो। सरकारबाट समेत प्रविधि विकासका लागि संस्थागत संरचना निर्माण भइरहेको उल्लेख गर्दै नेप्सेले आफ्नै प्रविधि विकास गर्न सक्ने उनको भनाइ थियो।

नि:शुल्क एपीआई पहुँचको प्रस्ताव
पुँजी बजारको प्रविधिलाई थप विस्तार गर्न ठूलो संख्यामा कम्पनी तथा विकासकर्तालाई एपीआईमा पहुँच उपलब्ध गराउनुपर्ने श्रेष्ठले बताए।

उनले करिब १०० वटा कम्पनीलाई नि:शुल्क एपीआई तथा प्रविधि प्लेटफर्ममा पहुँच उपलब्ध गराउने व्यवस्था भए नयाँ प्रविधि तथा सेवाको विकासमा प्रतिस्पर्धा बढ्ने धारणा राखे।

श्रेष्ठले नेपालमा ब्रोकरको डिजिटाइजेसन प्रक्रियामा आफू पनि संलग्न रहेको स्मरण गर्दै प्रविधि विस्तारका लागि विगतमा कठिन प्रयास गर्नुपरेको बताए। पुँजी बजारमा प्रविधिको पहुँच र प्रतिस्पर्धा विस्तार गर्न नियामक निकायले नीतिगत सहजीकरण गर्नुपर्ने उनको आग्रह छ।

यसैगरी, श्रेष्ठले उद्यमीले व्यवसाय निर्माणमा गरेको श्रम, समय र योगदानलाई ‘स्वेट इक्विटी’का रूपमा समेत मूल्यांकन गर्ने व्यवस्था आवश्यक रहेको बताए।

उद्यमशीलता विकासबिना उद्योग विस्तार र रोजगारी सिर्जना कठिन हुने उल्लेख गर्दै उनले पुँजी बजारमार्फत पुँजी परिचालन गरी मुलुकको पुँजी निर्माणमा योगदान गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।

0 Comments